Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
वीरगञ्ज जेलमा चक्कु प्रहारः पाँच कैदी घाइते – Gaule Khabar

वीरगञ्ज जेलमा चक्कु प्रहारः पाँच कैदी घाइते

वीरगञ्ज जेलमा चक्कु प्रहारः पाँच कैदी घाइते

बीरगन्ज,पुस ११-

वीरगन्ज कारागारमा आइतबार साँझ चक्कु प्रहारबाट पाँच जना कैदी घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ ।
तीन महिना पहिले झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका रौतहटको पिपरीया घर भएका कैदी पनिलाल पण्डित अन्धाधुन्द चक्कु प्रहार गर्दा वीरगन्जको घडीअर्वा घर भएका कैदी राजन बानियाँ गम्भीर घाइते भएका छन् । पण्डितले बानियाँको गर्दनमा चक्कु प्रहार गरि घाइते बनाएका हुन् ।

चक्कु प्रहार गर्ने पण्डित भूमीगत समूह जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहका पूर्वकार्यकर्ता रहेको श्रोतले जनाएको छ । अपहरण, शरीर बन्धक, धम्की तथा चन्दा असुली मुद्धामा उनले कैद सजाय भोगिरहेका पण्डित तीन महिना पहिले मात्र झापाको झुम्का कारागारबाट सरुवा भइ वीरगन्ज कारागारमा आएका थिए।

यस्तै घाइते बानियाँ पनि शरीर बन्धक तथा अपरण मुद्धामा अदालतले दोषी ठहर गरेका कैदी हुन् ।चक्कु प्रहारबाट कारागारमा रहेका बृजकिशोर शर्मा, आरिफ मियाँ, दीपेन्द्र सुमन र जयराम लामा पनि घाइते भएका छन् । पण्डिले उनीहरुको हात, पाखुर र शरीरका विभिन्न भागमा चक्कु प्रहार गरेर घाइते बनाएका छन् ।

गम्भीर घाइते बानियाको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको पर्साका प्रहरी उपरीक्षक गोविन्द कुमार साहले बताए ।नेशनल मेकिडल कलेजका चिकित्सकले पनि घाइते बानियाँको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडांै लैजान रिफर गरेको घाइते बानियाँका दाजु ललन बानियाँले आइतबार बेलुकी अन्नपूर्ण पोष्टलाई बताए ।

अन्य घाइते कैदीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा सामान्य उपचार गरी कारागारमै फर्काइएको कारागारको सुरक्षार्थ खटिएको नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक मोहन थापाले जानकारी दिए ।कारागार परिसरमै कैदी बन्दीले क्रिसमस मनाइरहेका बेला आइतबार साँझ पौने पाँच बजे पण्डित अचानक तरकारी काट्ने चक्कुले संगै रहेका बानियाँको गर्दनमा प्रहार गरेपछि कैदीबन्दी बीच भागाभाग भएको थियो ।

कैदीमाथि चक्कुले आक्रमण गर्ने पण्डितको बेलाबेलामा मानसिक सन्तुलन बिग्रने गरेको र उनले औषधि पनि सेवन गर्दै आएको प्रहरी नायव निरीक्षक थापाले जानकारी दिए । घटनापछि चक्कु प्रहार गर्ने पण्डितलाई कारागार भित्रकै छुटटै कोठामा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए ।६ सय कैदी बन्दी अटाउन सक्ने क्षमता रहेको वीरगञ्ज कारागारमा अहिले एक हजार दुई सय ३९ जना कैदीबन्दी रहेको कारागारका जेलर दण्डपानी गौतमले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका