Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
देवचुली नगरपालिकाका १७ वटा टोल ‘वातावरण मैत्री’ घोषणा – Gaule Khabar

देवचुली नगरपालिकाका १७ वटा टोल ‘वातावरण मैत्री’ घोषणा

देवचुली नगरपालिकाका १७ वटा टोल ‘वातावरण मैत्री’ घोषणा

दीपक शर्मा 

देवचुली,पुस १०-

नवलपरासीको देवचुली नगरपालिकाका १७ वटा टोलहरु वातारणमैत्री घोषणा भएका छन् ।  यी टोलहरु स्थानीय शासन कार्यक्रमका सूचकहरु पुरा गरी  वातारणमैत्री टोल घोषणा भएका हुन्।नगरपालिकाको वडा नं.६ ,७, ८ र ९ का उक्त टोललाई  संघीय मामिला स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले शनिवार वातारणमैत्री टोल घोषणा गरेका हुन् ।

७०७ घरधुरीले वातावरणमैत्री घर परिवार तथा टोल तह तथा पूर्णसरसफाईका आधारभुत सूचक पुरा गरेकोले वातावरणमैत्री टोल तथा पूर्णसरसफाईयुक्त क्षेत्र घोषणा गरिएको   देवचुली नगरपालिकाका कार्यकारी अधिकृत देवीलाल सापकोटाले बताए ।

वातावरणमैत्री स्थानीय शासनका घर परिवार तथा टोल तहका सूचकमा आधारित भई नगर क्षेत्रमा सुधारिएको चुलो जडान, वाटो किनारा वृक्षारोपण, भकारो सुधार, वातावरणमैत्री वैकल्पिक झोला उत्पादन कार्यक्रम, उज्यालो सहर अन्तर्गत सौर्य सडक बत्ती जडान लगायतका कार्यहरु गरिएको छ ।

देवचुली नगरपालिकामा वातावरणमैत्री स्थानीय शासन कार्यक्रम लागु भए पश्चात नगरका बिभिन्न स्थानमा गरि करिब १५ हेक्टर सार्वजनिक जग्गा संरक्षण भएको छ । एक वडा एक पोखरी भन्ने लक्ष्यका साथ ८ वटा पोखरी निर्माण तथा संरक्षण भएको छ कार्यकारी अधिकृत सापकोटाले भने—‘ खानेपानी मुहान संरक्षण अन्तर्गत जम्मा ५ वटा मुहानहरु संरक्षण गरिएको छ । बौलाहा तथा लोकाहा खोला छेउमा तटबन्धन तथा वृक्षारोपण गरि भु—क्षय  नियन्त्रणमा टेवा पुगेको छ ’ ।

वातावरणमैत्री टोल घोषणा कार्यक्रममा  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सह—सचिव रेश्मीराज पाण्डे , वाटरफिन्स फिन्ल्याण्डका सदस्य  राम वहादुर के।सी। लगायतको सहभागीता  रहेको  थियो  ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका