राजनैतिक आडमा गरीने आन्दोलानका कारण करोडौ लगानी गरेको उद्योगबाटै हात धुनुपर्ने स्थिति आएको हेटौँडाको औद्योगिक क्षेत्र भित्र रहेको उद्योग पतिहरुले गुनासो आईरहेको समयमो औद्योगिक क्षेत्र भित्र रहेका एक पछि अर्का उद्योगमा हड्ताल सुरु भईरहेको छ । तेसको पछिल्लो उदाहरण स्वरुप चुरोट उत्पादन गर्नेे कम्पनी गोर्खा लाहरीलाई लिन सकीन्छ ।
हेटौँडाको औद्योगिक क्षेत्र भित्र रहेको बहुराष्ट्रिय कम्पनी क्लोजर सिष्टम्स इन्टरनेशनल नेपाल प्राली सि.एस.आइमा मजदुर हड्ताल टुङ्गेको हप्ता दिन नबित्दैे औद्योगिक क्षेत्र भित्र रहेको चुरोट उत्पादन गर्ने कम्पनी गोर्खा लाहरीमा आज आईतवार बाट मजदुरहरुले हडताल सुरु गरेका छन् ।
उद्योग ब्यवस्थापन पक्षसँग पटक–पटक भएको वार्ता विफल भएपछि १ सय २५ जना मजदुरहरुले ४ बुँदे माग राख्दै आजबाट हड्ताल गरी उद्योगको सम्पुर्ण उत्पादन ठप्प पारेका हुन् ।
सामजिक सुरक्षा तथा कल्याणकारी ब्यवस्था हुनुपर्ने, आर्थीक सेवामा बृद्धि गरिनुपर्ने, किरीया, शोकविदा बढाईनुपर्ने तथा यसअघि ट्रेड युनियनहरुसँग उद्योग प्रशासनले गरेको सम्पूर्ण सहमतीहरुको पालाना गरिनुपर्ने माग गर्दै मजदुरहरुले हड्तालको सुरुवातको गरेको गोर्खा लाहरीका मजदुर तथा वार्ता समितिका सदस्य सन्तोष पुडासैनीले बताए ।
गत कार्तीक बाटनै आफुहरुले श्रम कार्यालय, उद्योग संघ हेटौँडा तथा मकवानपुर उद्योग वाणिज्य संघसँगको सहकार्यमा उद्योग प्रशासनसँग वार्ता गरेको भएपनि उद्योग प्रशासन आफुहरुको मागको विषयमा सकारत्मक नभएपछि वाध्य भएर हडतालमा उत्रीनु परेको उनीहरुको भनाई रहेको छ ।
उता गोर्खालहरी उद्योगले मजदुरहरुलाई नियम अनरुप सम्पुर्ण सेवा सुबिधा दिईरहेको छ । सि बी ए सिस्टम अनरुप उद्योगले हाल माग गरेको मजदुरको माग नाजायत रहेको र त्यो सेवा सुबिधा गोर्खालहरीले दिन नसक्ने यस्ता नाजायत मागले औद्योगिक क्षेत्रभित्रका सम्र्पुण उद्योगहरुको गलत सन्देश जाने उद्योग संघ हेटौडाका प्रमुख नवराज अर्यालले बताए ।
राजनैतिक आडमा मजदुरहरुले गरेको अस्वाभाबीक मागको कारण आफुहरु करोडौं लगानी गरेको उद्योग बाट पलाएनहुनुपर्ने स्थीति आएको गोर्खालहरी उद्योग प्रशासन बताउछन । मजदुरहरुले भने आफ्नो मागलाई पुरा नगरे थप शसक्त आन्दोलन गरिने मजदुरहरुले चेतावनी दिएका छन् । दैनिक ६ सय कार्टुन चुरोटको उत्पादन गर्दै आएको कम्पनीले गोल्ड्फ्ल्याक, मायालु, साहारा,एक्सन लगाएतको चुरोहरु उत्पादन गर्दै आएको छ । उद्योग दैनिक १६ घण्टा सञ्चालन हुने गरेको थियो ।
पछिल्लो समय मजदुरहरुको हड्तालको कारण बसामाडीमा रहेको युनिलीभर चार महिना पछि गतभाद्र महिनाको अन्तीम सातामात्रै खुलेको थियो ।हेटौंडा औद्योगीक क्षेत्र भित्र रहेको ११२ उद्योगहरु मध्य हाल ८२ उद्योगमात्रै सञ्चालनमा रहेको छ ।तिनीहरु पनि कैले लोडसेडिङको कारण त कैले उद्योग मजदुरको बिवादमा बन्द हुने गरेको ।