Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
ओलीको भनेः प्रधानमन्त्री खल्तीमा कैची र सलाई बोकेर दौड्दै – Gaule Khabar

ओलीको भनेः प्रधानमन्त्री खल्तीमा कैची र सलाई बोकेर दौड्दै

ओलीको भनेः प्रधानमन्त्री खल्तीमा कैची र सलाई बोकेर दौड्दै

काठमाडौं,पुस १०-

एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले उत्तेजना फैलाइरहेको आरोप लगाउँदै अप्रिय अवस्था नआओस् भनेर सचेत रहनका लागि आग्रह गरेका छन्।एमाले संसदीय दलमा आयोजित नौ वटा दलको प्रतिपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई महेन्द्रीय पथमा लागेको आरोपबारे पनि प्रष्ट्याए।

उनले भने ‘मैले यस्तो आरोप लगाउनेलाई सोध्ने गरेको छु-को महेन्द्ररु राजा महेन्द्र? हो भन्ने जवाफ आएपछि मैले सोधेँ, के म राजा बन्न खोजेको छु? कि मलाई कसैले राजा बनाउन खोजेको छ? के हो महेन्द्रीय पथ?’

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड” लाई ठूलो हेलिकप्टर चढेर, एक डफ्फा मान्छे बोकेर, खल्तीमा कैँची र सलाई हालेर हिँडिरहेको भन्दै व्यङ्ग्य गरे।प्रधानमन्त्री भए लगत्तै उद्घाटनका काममा जान्न भनेका प्रचण्ड एक दुई दिन बसेको घरको रिबन काट्दै हिँडेको भन्दै उनले आलोचना गरे।

प्रचण्डको कटु आलोचना गर्ने क्रममा उनले भने, ‘उहाँ तानाशाही व्यवस्थाको प्रधानमन्त्री भन्दा चर्को बोलिरहनुभएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका