Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
शिक्षक तलबका लागि माछा, कुखुरा पालन – Gaule Khabar

शिक्षक तलबका लागि माछा, कुखुरा पालन

शिक्षक तलबका लागि माछा, कुखुरा पालन

जाजरकोट, पुस १० –

विद्यालय सञ्चालनका लागि नियुक्त गरिएका निजी शिक्षकलाई तलब खुवाउन यहाँको एक विद्यालयले माछा र कुखुरा पालन व्यवसाय गरेको छ ।

जिल्लाको सिमा गाविस–२ मा रहेको सरस्वती आधारभूत विद्यालय नेपा लैकडामा सोे व्यवसाय सुरु गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रकाश अधिकारीले जानकारी दिनुभयो ।

विद्यालयमा छ जना शिक्षक निजीस्तरबाट राखिएको र तिनलाई तलब, भत्ता खुवाउन र विद्यालयको स्तरोन्नति गर्न व्यावसायिक कार्य गरिएको अधिकारीको भनाइ छ । विद्यालय सञ्चालन गर्न अन्य वैकल्पिक उपाय नहुँदा विद्यालय व्यवस्थापन समितिको पहलमा दुई हजार ५०० माछाका भुरा र एक हजार कुखुरा पालन गरिएको हो ।

विसं २०२४ मा स्थापना भएको यो विद्यालय अब आधारभूत तहबाट माविसम्मको कक्षा सञ्चालनको तयारीमा छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका