गाउँले न्युज, २२ असार, काठमाडौँ । कोपा अमेरिका २०१९ मा अर्जेन्टिना स्टार खेलाडी लियोनल मेसिले रातो कार्ड खाएका छन । उक्त खेलमा अर्जेन्टिनाले तेस्रो स्थानमा चित्ता बुझाउनु पर्यो ।
नेपाली समय अनुसार आइतबार विहान साओ पाओलोमा भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ ले हरायो । अर्जेन्टिनाका लागि सर्जियो एगुरो र पउलो डेबेलाले गोल गरे ।
तनावपूर्ण खेलमा मेसी र चिलीका ग्यगारी मेडेल झगडामा उत्रेका थिए र यसक्रममा दुवै खेलाडीलाई सिधै रातो कार्ड देखाइएको थियो । चिलीका तर्फबाट अरटुरो भिडालले दोस्रो हाफमा पेनाल्टीबाट एक गोल फर्काए ।
मेसीले १४ वर्ष अगाडि आफ्नो खेल जीवनको डेब्यु खेलमै रातो कार्ड खाएका थिए ।