Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
स्ववियू चुनावमा जुट्न विद्यार्थीलाई अखिल चितवनको निर्देशन – Gaule Khabar

स्ववियू चुनावमा जुट्न विद्यार्थीलाई अखिल चितवनको निर्देशन

स्ववियू चुनावमा जुट्न विद्यार्थीलाई अखिल चितवनको निर्देशन

अनुज न्यौपाने

चितवन,पुस ९-

अनेरास्ववियुले आगामी स्ववियू निर्वाचनलाई लक्षित गरेर चितवनमा अगुवा विद्यार्थीको भेला गरेको छ । फागुन १४ गते हुने स्ववियू निर्वाचनमा अखिललाई जिल्लाको पहिलो संगठन वनाउने योजनाका साथ अखिलले जिल्ला भेला आयोजना गरेको हो ।

सो भेलालाई सम्वोधन गर्दै अखिल केन्द्रिय अनुशासन आयोगकी अध्यक्ष निशा अधिकारीले (अनेरास्बबियु) सधैं स्ववियू निर्वाचनको पक्षमा रहेको वताउनु भयो । उहांले सवै स्ववियू निर्वाचन हुने क्याम्पसमा अखिलको माहोल वढाउन सक्रिय भएर लाग्न विद्यार्थीलाई निर्देशन दिनुभयो । यस्तै जिल्ला कमिटी अध्यक्ष देब पाठकले अखिल संधै विद्यार्थीका मुद्धामा केन्द्रित हुने भन्दै अखिलमा विद्यार्थीको झुकाव वढ्दै गएको वताउनु भयो ।

अगुवा विद्यार्थी भेलामा पार्टी जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्का, अखिल केन्द्रिय सदस्य प्रकाश भट्ट,डा. चिरन्जिवी पन्त,केन्द्रिय निर्वाचन आयोग सदस्य स्वरुप सुयाल लगायतका विद्यार्थी नेताको सहभागीता रहेको जिल्ला सचिव प्रकाश आचार्यले जानाकारी दिनुभयो ।

akhil

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका