Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
बन्द उद्योग सञ्चालनको तयारीमाः उद्योगमन्त्री जोशी – Gaule Khabar

बन्द उद्योग सञ्चालनको तयारीमाः उद्योगमन्त्री जोशी

बन्द उद्योग सञ्चालनको तयारीमाः उद्योगमन्त्री जोशी

चितवन,पुस ९-

उद्योगमन्त्री नविन्द्रराज जोशीले निजी क्षेत्रका बन्द उद्योगहरु सहजीकरण गरी सञ्चालनमा ल्याउने सरकारीले तयारी गरिरहेको बताएका छन् । ‘देशमा उद्योग सञ्चालन गर्न राम्रो वातावरण छ’ उनले भने, ‘यस्तो अवस्थामा बन्द भएका उद्योगहरु सञ्चालन गर्नुपर्छ ।’

नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री जोशीले अबको दस वर्षभित्र धेरैजसो उद्योग सञ्चालन गरी सबैलाई रोजगारीको व्यवस्था मिलाइने बताए । ‘कोही नेपाली विदेश जानु पर्दैन’ उनले भने, ‘नेपालमै रोजगारीको अवसर प्रशस्त भए विदेशीने समस्या कम हुन्छ ।’

चितवन उद्योग संघको सत्रौ वार्षिक साधारणसभाको उद्घाटन गर्न यहाँ आएका मन्त्री जोशीले नेपालमै औषधि लगायतका समान उत्पादन गर्न सके देशले ठूलो फड्को मार्ने बताए । ‘नेपाल औषधी लिमिटेडको जनरल म्यानेजर समेत नियुक्तिको लगभग तय भइसकेको छ’ उनले भने, ‘नेपाली जनतालाई गुणात्मक र कम मूल्यमा औषधी उत्पादन गर्न सरकार तयारमा छ ।’ निजी क्षेत्रका बुटवल धागो उद्योग र विरगज चिनी कारखानालाई सञ्चालन गर्न सरकारले तयारी थालेको उनले जनाए ।

निजी क्षेत्रमा पनि बन्द भएका उद्योगहरु सरकारले सहजीकरण गरी बन्द हुनुको कारण पत्ता लगाई सञ्चालनको तयारीमा लागेको छ’ मन्त्री जोशीले भने, ‘मन्त्रालयबाट गर्नुपर्ने सबै खाले पहलहरु भइरहेको छ ।’

मुलुकका विभिन्न सहरहरुमा ठूला उद्योगहरु बन्द छन् । ती उद्योगहरु बन्द हुनुको कारण पत्ता लगाई सञ्चालन गर्न सकिने वा नसकिने भन्ने मन्त्रालयले छलफल थालेको मन्त्री जोशीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका