WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLjPxq1DuPiAw3fjUbf8x15KkH/xut0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 07:14:10', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस ९-
थारु कल्याणकारिणी सभा नवलपरासीले नवलपुर क्षेत्रलाई प्रदेश नम्बर ५ मा लैजानुपर्ने भन्दै शनिबार विरोध सभा गरेको छ ।जिल्लाको परासी क्षेत्र प्रदेश नम्बर ५ र नवलपुर क्षेत्र ४ मा राखीएको भन्दै चरणबद्ध आन्दोलनमा रहेको सभाले शनिबार विरोध सभा गरेको हो । चितवनदेखी कञ्चनपुरसम्म थारु बाहुल्यता क्षेत्र भएको भन्दै यसलाई थरुहट प्रदेशमा रुपान्तरण गर्न समेत माग गरीएको छ ।
आफ्ना माग सबै सम्बोधन नभए पनि जिल्ला टुक्राएर आफूहरुलाई प्रदेश नम्बर ५ बाट पनि अलग गरीएको भन्दै अहीलेको सीमांकन आफूहरुलाई मान्य नभएको थारु कल्याणकारिणी सभा नवलपरासीका अध्यक्ष गणेशमान महतोले बताए ।
सांसद रुक्मिणी चौधरीले भुमीपुत्र थारुहरुको अधिकारका लागि राज्यसँग आफूहरु लडीरहेको बताउँदै संर्घष पुरा नभएको बताइन् । अधिकारका लागि सधै जागरुप हुन र पहिचान मेटाउने दुश्प्रयासका विरुद्ध एक भएर लाग्न समेत आग्रह गरीन् । थारु समुदायले जिल्लाको डण्डामा शान्तिपुर्ण प्रदशर्न गर्दै आफ्ना माग पुरा नभए कडाभन्दा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । कान्तिपुर अनलाइनवाट साभार