Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै मौलाकालिका – Gaule Khabar

पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै मौलाकालिका

पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै मौलाकालिका

रामकुमार श्रेष्ठ
गैंडाकोट,पुस ९-

गैंडाकोटमा रहेको धार्मिकस्थल मौलाकालिका मन्दिर अहिले पर्यटकीय स्थलको रुपमा समेत विकास भएको छ ।नवलपरासीको गैंडाकोट नगरपालिकाअन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणी पुलबाट उत्तरतर्पm करिब ४ किमि टाढा समुद्र सतहदेखि ५६१ मिटर उचाइ पहाडी वनको धुरीमा अवस्थित धार्मिक एवम् पर्यटकीय मौलाकालिका भगवतीको मन्दिर पछिल्लो समय धार्मिक पर्यटको गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।

१५ औं शताब्दीको अन्त्य तथा १६ औं शताब्दीको सुरूतिर करिब ५ सय वर्ष पहिला, पाल्पाका राजा मणिमुकुन्द सेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आफ्नो गढीमा मौलो गाडी कालिका भगवतीको शीला स्थापना गरेर पूजाअर्चना गर्दै आएकोले मन्दिरको नाम मौलाकालिका रहन गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिकराम सापकोटाले बताए ।

यहाँ अहिले धार्मिक एवम् तीर्थस्थलको रुपमा मात्र नभएर पर्यटकीयस्थलको रुपमा समेत विकास भएको छ । मिनी मनकामनासमेत भनेर चिनिने मौलाकालिकाको दर्शनका लागि नेपाली भक्तजनका साथै भारतका भक्तजनहरुको समेत घँइचो लाग्ने गर्दछ ।भक्तजन तथा पर्यटकको सुविधालाई ध्यानमा राख्दै ठाउँठाउँमा विश्रामस्थल, उकालो उक्लन सजिलो होस् भनेर सिढीको समेत व्यवस्था गरिएको छ । त्यसैगरी बाटोमा ठाउँठाउँमा होटल र वनभोजस्थलहरु पनि प्रशस्त रहेका छन् ।

मौलाकालिकाको टुप्पोमा पुगेपछि नवलपरासी, चितवन र तनहुँको संगमस्थल देवघाट र नारायणगढ, गैँडाकोटको मनोरम दृष्य सजिलै हेर्न सकिन्छ ।२०÷२२ वर्ष र अहिले यहाँ धेरै परिवर्तन भएको मौलाकालिका मन्दिर परिसरमा पूजा सामाग्रीको पसल गदै आएकी गैडाकोट–१ की दुर्गा खनालले बताइन् । अहिले धार्मिक दृष्टिकोणले पूजा गर्न, पर्यटकीय दृष्टिकोणले घुम्न र वनभोज खान आउनेहरुको निक्कै घुइँचो लाग्ने गरेको छ ।

मन्दिर परिसर व्यवस्थित गदै लगिएपछि यस क्षेत्रमा जाने आन्तरिक पर्यटन बढ्दै गएका छन् । हाल देशका विभिन्न ठाउँबाट उल्लेख्यरुपमा पर्यटक आउने गरेको अध्यक्ष सापकोटाले बताए ।मन्दिरलाई धार्मिक र पर्यटन क्षेत्रको रुपमा विकास गर्दै काम अगाडि बढाउदै गएको र मौलाकालिबाट देवघाटसम्मको बाटो निर्माणको काम पनि अगाडि बढेको सापकोटाले बताए । २०३७ साल श्रीकृष्ण जन्मअष्टमीका दिन भगवान श्रीकृष्णको पूजा अर्चना र २४ घण्टा अखण्ड हरिकीर्तन सम्पन्न भएपछि, प्रत्येक वर्ष कृष्ण भगवानको पूजा र हरिकीर्तन गर्ने व्यवस्था मिलाउन २०३७ साल आश्विन २५ गते धार्मिक सेवा समिति गठन भयो ।

सोही समितिले २०३८ सालको बडादसैंबाट काशीनाथ पौडेलको विशेष पहलमा मौलाकालिका मन्दिरमा भगवती पूजाअर्चना सुरू गरिएको थियो ।यहाँका समिति यस क्षेत्रलाई धार्मिक, आध्यात्मिक, ऐतिहासिक सामाजिक र पर्यटकीयस्थलको रुपमा गुरूयोजना अनुसार विकास गर्न लागिपरेको छ ।

मौलाकालिकामा धार्मिक एवम् पर्यटकीय क्षेत्रको विकास गरेर धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकास गरेसँगै पूजासामग्री बिक्री गर्नेदेखि लिएर होटल सञ्चालन गरेर भक्तजन तथा पर्यटकलाई सेवा पु¥याउनेहरुले राम्रो आम्दानीसमेत गरेका छन् ।

गैंडाकोटबाट मौलाकालिकाको फेदीसम्म यातायातको व्यवस्था रहेको छ भने एकदेखि डेढ घण्टाको पैदल यात्रा गर्दै उकालो उक्लिएर मौलाकालिका मन्दिर पुग्न सकिन्छ । यो क्षेत्र निक्कै रमणीय क्षेत्र भएकोले पनि दिनहुँ भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका