Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
एमाले बागलुङको अधिवेशन आज,अध्यक्ष ओलीले उद्घाटन गर्ने – Gaule Khabar

एमाले बागलुङको अधिवेशन आज,अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले बागलुङको अधिवेशन आज,अध्यक्ष ओलीले उद्घाटन गर्ने

रबिना बोहरा

बागलुङ, पुस ९ –

नेकपा एमाले बागलुङको आठौँ अधिवेशनको आजदेखी सुरु हुंदै छ । अधिवेशनका लागि झण्डै ६ सय जना प्रतिनिधीहरु सदरमुकाम आइसकेका छन् ।प्रतिनिधिसंगै समर्थक सुभेच्छुकहरुको समेत उद्घाटन कार्यक्रममा उल्लेख्य सहभागिता रहने नेकपा एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले बताउनुभएको छ ।

अधिवेशन सम्पन्न गर्नका लागि गठित विभिन्न १० वटा उपसमितिहरुले आफ्नो काम सकेका छन्।अधिवेशनको उद्घाटन शनिवार मध्यान्ह १२ बजे पार्टीका केन्द्रीय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । उद्घाटन पूर्व पार्टी अध्यक्ष ओली बागलुङको पहिचानका रुपमा रहेको ढोरपाटन पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।

ओलीले पर्यटकीय स्थल ढोरपाटनको अवलोकन गर्नुका साथै स्थानीयको स्वागत कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । एमाले अध्यक्ष ओलीलाई रेड स्टार आमा समुहका महिला लगायत स्थानीयवासीले स्वागत गर्ने कार्यक्रम रहेको छ । ओलीको आगमनबाट ढोरपाटनमा सञ्चालन हुन लागेको जलविद्युत आयोजना छिटो सञ्चालन गर्न, बाटो तथा स्वास्थ्य चौकी निर्माणका लागि सहयोग पुग्ने अपेक्षा स्थानीयवासीले गरेको जनचेतना प्राविका प्रधानाध्यापक रामबहादुर घर्ति मगरले जानकारी दिनुभयो ।

ढोरपाटनको अवलोकनपछि अध्यक्ष ओली बागलुङ बजारमा आएर अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष शर्माले जानकारी दिनुभयो ।पार्टी अध्यक्षले उद्घाटन गर्ने कार्यक्रम भव्य रुपमा सफल पार्न एमालेका सम्पूर्ण नेता कार्यकर्ता अन्तिम तयारीमा जुटेका छन् । अधिवेशन सफल पार्नका लागि प्रचार प्रसार लगायतका सबै काम अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख रामकृष्ण शर्माले बताउनुभयो ।

अधिवेशनबाट पार्टीको नेतृत्वमा आउनका लागि ३ जनाले चर्चा चलाएका छन् । पार्टीका वर्तमान उपाध्यक्ष नरबहादुर थापा, प्रदेश कमिटि सदस्य इन्द्रलाल सापकोटा र उर्जा विभागका सदस्य हिराबहादुर केसी अध्यक्षका लागि प्रतिस्पर्धामा छन् ।उपाध्यक्षमा विष्णु भुषाल, ध्रुवबहादुर केसी र कृष्ण पाठक, सचिवमा डा।सूर्य पाठक, डिल्लीराज गौतम, लालबहादुर थापा तथा उपसचिवमा नेत्रबहादुर विष्ट, अञ्जु जि।सी।, लगायतले दावी गरेका छन् ।

नेतृत्वका लागि दावी गर्नेहरुको संख्या धेरै भए पनि सर्वसम्मत नेतृत्व चयनका लागि प्रयत्न भैरहेको जिल्ला इन्चार्ज मना केसीले जानकारी दिनुभयो । अधिवेशनका प्रतिनिधिहरु र आम कार्यकर्ताहरुको चाहनालाई ख्याल गरेर सर्वसम्मत नेतृत्व चयनका लागि सबैलाई पहल गर्न समेत उहाँले आव्हान गर्नु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका