Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
रत्ननगरमा क्षमता अभिवृद्धि तालिम – Gaule Khabar

रत्ननगरमा क्षमता अभिवृद्धि तालिम

रत्ननगरमा क्षमता अभिवृद्धि तालिम

चितवन, पुस ८–

स्थानीय निकायको कानुनी तथा नीतिगत व्यवस्थापन पालना अनुगमन सम्वन्धि एक दिने क्षमता अभिवृद्धि कार्यक्रम रत्ननगर नगरपालिकामा आज सम्पन्न भएको छ ।
महिला सघन बिकास केन्द्र खैरहनी–८ पर्सा चितवनको आयोजना तथा रत्ननगर नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा बोल्दै नगरपलिकाका कार्यकारी अधिकृत काशीराम गैरेले स्थानीय निकायको काम परदर्शी, जवाफदेही र उत्तरदायी बनाउन लागी परेको दावी गर्नुभयो । उहाँले उपभोक्ता समितीहरुको क्षमता बढाउन तथा बिकास आयोजनाहरुलाई प्रभावकारी वनाउन विभिन्न अनुशिक्षण कार्यक्रमहरु सञ्चालन गरेको जानकारी दिनुभयो ।
स्थानीय स्तरमा गरेका बिकास निर्माणका कार्यहरुको सार्वजनिक परिक्षण,नागरीकका हक अधिकारका वारेमा सहभागीहरुलाई तालिम दिइएको थियो । स्थानीय निकायलाई जवाफदेहि बनाउन, शुसासन कायम गर्न र पारदर्शीता कायम गराउन उपभोक्ता समिति मार्फत वा ठेकेदार मार्फत बनेका आयोजना तथा कार्यक्रमहरुको सार्वजनिक परीक्षण गराउनुपर्ने व्यवस्था सरकारले गर्दै आएको छ ।
तालिममा नगरपालिकाका बिभिन्न वडाहरुमा रहेका सामाजिक परिचालक, वडा नागरिक मञ्चका संयोजक तथा नागरिक सचेतना केन्द्रका संयोजक तथा प्रतिनिधीहरु पत्रकार लगाएत गरी ५५ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागी वडा नागरिक मञ्चका संयोजक, सामाजिक परिचालक तथा नागरिक सचेतना केन्द्रका संयोजकहरुले स्थानिय निकायमा वडा नागरिक मञ्चलाई व्यवहारमा भूमिकाविहिन वनाउने काम हुदै आएको, नीतिमा भएपनि व्यवहारमा लागु हुन नसकेको प्रतिक्रिया दिएका थिए ।
महिला सघन बिकास केन्द्रकी कार्यक्रम संयोजक चन्द्र चापागाईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका