सर्वसाधारणका लागि सिनर्जी पावर लिमिटेडको साधारण शेयर बिक्रि खुला गरिएको छ। कम्पनीले प्रति कित्ता १ सय रुपैयाँका दरले २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो।
कम्पनीको साधारण सेयरका लागि लगानीकर्ताले पुष ८ अर्थात आज देखि आबेदन दिन सक्ने छन्। कम्पनीको साधारण सेयरका लागि छिटोमा पुष १२ र ढिलोमा पुष २२ मा आबेदन बन्द हुने जनाइएको छ।
सिनर्जीको साधारण सेयर भर्नका लागि इच्छुक लगानीकर्ताले कम्तिमा ५ हजार रुपैयाँ बराबरको ५० कित्ताका लागि र बढीमा २१ लाख रुपैयाँ बराबरको २१ हजार कित्ताका लागि आबेदन दिन सक्ने छन्।
इच्छुक लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धक सानिमा क्यापिटल, नक्साल, सिनर्जी पावर डेभलपमेन्ट नक्साल तथा सानिमा बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आबेदन फारम प्राप्त गरि बुझाउन सक्ने छन्।
सर्वसाधारणका निष्काशन गर्न लागिएको २१ लाख कित्ता सेयर मध्य कर्मचारीका लागि ६३ हजार कित्ता, १० सामुहिक लगानी कोषका लागि १ लाख ५ हजार कित्ता छुट्याइएको छ। सामुहिक लागनी कोषहरुमा नबिल ब्यालेन्स फन्ड-१, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-१, एनआइबिएल समृद्धि फण्ड-१, लक्ष्मी भ्यालु फन्ड-१, सिद्दार्थ इक्विटि ओरियन्टेड स्किम, सिद्दार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१, ग्लोबल आइएमई समृद्धि फन्ड-१, नबिल इक्विटी फन्ड, एनएमबि हाइब्रिड फन्ड एल-१, र एनआइबिएल प्रगति फन्ड रहेका छन।
हाइड्रोका कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याइएपछिको बाँकी १९ लाख ३२ हजार कित्ता सर्वसाधारणका लागि वितरण गरिने भएको छ। आइपीओ वितरणपछी कम्पनीको चुक्ता पुंजी ७० करोड रुपैयाँ पुग्ने छ। कम्पनीको कुल ७० करोड चुक्ता पुंजी मध्य ४२ करोड रुपैयाँ संस्थापक सेयरधनीको र ७ करोड आयोजना प्रभावित दोलखा बासिको रहेको छ।
यससंगै कम्पनीको सेयर संरचना संस्थापक तर्फ ६० प्रतिशत, आयोजना प्रभावित तर्फ १० प्रतिशत र बाँकी ३० प्रतिशत सर्वसाधारणको हुने छ। कम्पनीले दोलखामा १० मेगावाट सिप्रिङ खोला हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ। कम्पनीले २०६९ माघ ३ देखि सिप्रिङ्ग खोलाबाट १० मेगावाट विद्युत् उत्पादन योजना शुरु गरेको हो। कम्पनीले २०६५ माघ २० मा नेपाल विद्युत् प्राधिकरणसंग विद्युत् खरीदविक्री सम्झौता गरिसेकको।
आबेदन दिने स्थान