Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लोडसेडिङ हटाउन भारतबाट थप ८० मेगावाट विद्युत आउने – Gaule Khabar

लोडसेडिङ हटाउन भारतबाट थप ८० मेगावाट विद्युत आउने

लोडसेडिङ हटाउन भारतबाट थप ८० मेगावाट विद्युत आउने

काठमाडौं,पुस ८-

भारतबाट यो हिउँदमा थप ८० मेगावाट विद्युत आयात हुने भएको छ। लोडसेडिङ न्यूनीकरणका लागि पहल गरिरहेका नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिंङले नयाँदिल्ली पुगेर थप विद्युत आयातको सुनिश्चितता गरेका हुन्।

थप आयात हुने विद्युत मुजफरपुर-ढल्केवर प्रशारण लाइनबाट नेपाल आउनेछ। थप विद्युत आयातका लागि विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङ र एनटिपिसि विदयुत व्यापार निगमका प्रवन्ध निर्देशक अरुणकुमार गर्गवीच सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ। यो हस्ताक्षरसँगै ढल्केवरबाट आयात भैरहेको विद्युतका लागि भएको पुरानो सम्झौता समेत नविकरण भएको छ।

सहमतिसँगै मुजफरपुरबाट जनवरी महिनामा पहिलेको ८० मेगावाट र थप ४० मेगावाट गरी १२० मेगावाट विद्युत नेपाल आयात हुनेछ भने फेब्रुअरीदेखि मेसम्म पुरानो ८० र थप ८० गरी १६० मेगावाट विद्युत आयात हुनेछ।

थप आयात गरी ल्याइएको विद्युत काठमाडौंसम्म आउनेछ। ढल्केवर हुँदै भारतको विद्युत काठमाडौंसम्म ल्याउन दुई वटा प्रशारण लाइनमा काम भैरहेको छ। ढल्केवर-खिम्तीको प्रशारण लाइन निर्माण अन्तिम चरणमा छ भने हेटौंडा-स्युचाटार प्रशारण लाइन पनि सञ्चालनको अन्तिम तयारीमा छ।

थप विद्युत आयातका लागि मुजफरपुरमा एक सय एमभिएको अर्को ट्रान्सफर्मर राखिएको छ। यस अघि पनि सय एमभिएको ट्रान्सफर्मर राखेर ८० मेगावाट विद्युत आयात भैरहेको थियो। ढल्केवरको सबस्टेशन नबन्दा भारतमा ट्रान्सफर्मर भाडामा लिएर तथा नेपालमा हुक गरेर विद्युत आयात भैरहेको छ।

ढल्केवरको सबस्टेशन पूरा नहुँदा थप विद्युत पनि यही हुकबाट आउनेछ। नेपालले ढल्केवरबाट व्यवसायिक खरिद गरी विद्युत आयात गरिरहेको छ। यहाँको विद्युत प्रतियुनिट भारतीय तीन रुपैयाँ ६० पैसा(नेपाली पाँच रुपैयाँ ७६ पैसा) पर्छ।

त्यसैगरी नेपालले पावर एक्सचेञ्जमार्तफ पनि भारतबाट थप विद्युत आयातको तयारी गरिरहेको छ। प्राधिकरणले टनकपुर तथा कुशाहा-कटैया प्रशारणलाइनमार्फत थप विद्युत आयातको प्रयास गरिरहेको छ।

नेपालले अहिले पिकमा २७५ मेगावाटसम्म विद्युत आयात गरिरहेको छ। थप ८० मेगावाट आएपछि यो ३५५ मेगावाटसम्म पुग्नेछ। त्यसैगरी अन्य प्रशारण लाइनको सुदृढिकरण गरेर नेपालले चार सय मेगावाट सम्म विद्युत भारतबाट आयात गर्ने तयारी गरिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका