Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रहरी र पत्रकार सँगसँगै गए अपराध घट्ने – Gaule Khabar

प्रहरी र पत्रकार सँगसँगै गए अपराध घट्ने

प्रहरी र पत्रकार सँगसँगै गए अपराध घट्ने

बैतडी,पुस ८ –

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले आफूले कानुन परिपालनका लागि कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।

हालै मात्रै बैतडीमा प्रहरी प्रमुख भएर आउनुभएका शर्माले बिहीबार पत्रकारसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताउनुभएको हो । प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा आफूले कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताउनुभयो । उहाँले पत्रकार र प्रहरी सँगसँगै गएमा समाजमा रहेका अपराधलाई न्यूनीकरण गर्न सकिने बताउनुभयो । दुवै पक्ष समन्वयकारी हिसाबले अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

समाजमा अझैपनि विभिन्न खालका समस्या रहेकाले ती समस्याको निराकरणका लागि सबैले एकजुट हुनुपर्ने बताउँदै उहाँले आगामी दिनमा प्रहरी र सञ्चारकर्मीबीच सम्बन्धलाई अझ मजबुत बनाउनका लागि दुवै पक्ष चनाखो हुनुपर्नेमा प्रनाउ शर्माले जोड दिनुभयो ।

पत्रकार भेटघाट कार्यक्रममा सहभागी पत्रकारले प्रहरीबाट प्राप्त हुने सूचनालाई सहज बनाउन आग्रह गरेका छन् । प्रहरी सूचनाको स्रोत भएकाले दिन मिल्ने सूचना प्रवाहमा तदारुकता देखाउन सञ्चारकर्मीले आग्रह गरे ।

दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या

यसैबीच, बैतडीमा दरबन्दीअनुसार प्रहरी नहुँदा शान्तिसुरक्षामा समस्या हुने गरेको छ । जिल्लाभरि चारसय ३० प्रहरीको दरबन्दी रहेको भएपनि हाल तीनसय ५० मात्र कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख शर्माले राससलाई जानकारी दिनुभयो ।

“दरबन्दीअनुसार प्रहरी जनशक्ति जिल्लामा छैन”, प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “८० जनाको दरबन्दी खाली छ, यसले प्रहरी सेवालाई नै प्रभावित पार्ने गरेको छ ।” दुर्गम क्षेत्र बढी भएको बैतडीमा प्रहरी प्रशासनलाई जनताको घरआँगनमा पु¥याउनु ठूलो चुनौती बनेको शर्माले बताउनुभयो । दुई लाख ५० हजारभन्दा बढी जनसङ्ख्या रहेको बैतडीमा एकजना प्रहरीले सातसय १५ जनाभन्दा बढीको सुरक्षा दिने गरेको छ ।

दरबन्दीअनुसार प्रहरी नहुँदा अपराध अनुसन्धान तथा न्यूनीकरण कार्य सम्पादनमा समस्या सिर्जना हुने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, प्रहरी चौकी, ट्राफिक प्रहरी पोष्ट, अस्थायी प्रहरी पोष्ट, सीमा प्रहरी चौकी र सामुदायिक प्रहरी सेवा केन्द्र गरी बैतडीमा ३० ओटा प्रहरी कार्यालय रहेका छन् ।

साथै, दरबन्दी कमी हुँदा मागअनुसार प्रहरी परिचालन गर्न तथा प्रहरी सेवा जनताको घर आँगनमा पु¥याउन सकिएको छैन । “हामीसँग भौतिक पूर्वाधारको पनि कमी छ”, प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “छिटो र प्रभावकारी सेवाप्रवाहका लागि मानवीय स्रोतसाधनका साथै भौतिक रुपमा पनि प्रहरी प्रशासन बलियो हुन आवश्यक छ ।”

भारतीय सीमा भएका कारण भन्सार छली अवैधरूपमा सामान भित्र्याउने तस्करीका काम पनि उत्तिकै हुने गरेकाले बैतडीमा प्रहरीलाई चुनौती थपिएको छ । यसको अलावा घरायसी झगडा, सामाजिक अपराध, गाउँघरमा हुने घरेलु हिंसा, यौन दुव्र्यवहार, बलात्कार, आत्महत्या जस्ता घटना हँुदा झनै समस्या हुने गरेको छ ।

प्रहरी नायब उपरीक्षक शर्माका अनुसार हाल एउटा प्रहरी चौकीले चारवटा गाविससम्म हेरिरहेको बताउनुभयो । अपुग प्रहरीको विषयका विभागमा जानकारी गराइएको र जिल्लामा दरबन्दीमा रहेका प्रहरीको व्यवस्थापन गरिए शान्तिसुरक्षामा सजिलो हुने उहाँले बताउनुभयो ।

भौगोलिक हिसाबले पनि ठूलो रहेको बैतडी जिल्लाका दुई नगरपालिका र ५६ गाविसमा दरबन्दीअनुसार प्रहरी नहुँदा समस्या हुने गरेको छ । प्रहरीको बढुवा हँुदा तल्लो दर्जाको प्रहरीको सङ्ख्या कमी हुनु तथा अवकाश हुनुले प्रहरी अपुग हुने गरेको र अपुग प्रहरीका लागि थप नयाँ दरखास्त नखोल्दा दरबन्दीअनुसार प्रहरीको पदपूर्ति हुन नसकेको हो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका