Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
महायज्ञको चौथो दिनः ३ क्विन्टल धातु र करिव ३ लाख नगद संकलन – Gaule Khabar

महायज्ञको चौथो दिनः ३ क्विन्टल धातु र करिव ३ लाख नगद संकलन

महायज्ञको चौथो दिनः ३ क्विन्टल धातु र करिव ३ लाख नगद संकलन

चितवन, पुस ७–

अष्टधातु संकलनका लागि पूर्वी चितवनको रत्ननगरमा आयोजना गरिएको श्रीमद भागवत धनधान्याञ्चल एवंम अष्टधातु संकलन ज्ञान महायज्ञमा बिहिबार ३ क्विन्टल धातु संकलन भएको छ ।
तामा र पित्तललगायतका धातुहरु बिहिबार ३ क्विन्टल संकलन भएको महायज्ञ मुल समारोह समितिका सचिव मदनराज मिश्रले जानकारी दिए । त्यस्तै रु २ लाख ८२ हजार ७ सय ७७ नगद र २५ क्विन्टल धान समेत संकलन भएको उनले जानकारी दिए । बिहिबार सबैभन्दा धेरै रत्ननगर–१ का भेषराज दुवाडीले नगद ५१ हजार १ सय ११ रुपैयाँ, रत्ननगर–१३ का अम्बिकाप्रसाद अधिकारीले ५१ हजार रुपैयाँ सहयोग गरे । त्यस्तै नवदुर्गा आमा समूहले ३० हजार ६ सय ६४, भिमप्रसाद र योगराज सुवेदीले २५ हजार १ सय ५१ रुपैयाँ सहयोग गरे ।
सहयोग गर्ने दाताहरुलाई यज्ञस्थलमा विभिन्न सम्मान गरिएको थियो । महायज्ञमा बुधबार पनि १ क्विन्टल धातु र १ लाख २ हजार नगद संकलन भएको थियो । पण्डित अच्युतकृष्ण अधिकारीले कथा बाचन गरिरहेको महायज्ञमा दिनादिन भक्तजन बढ्दै गइरहेको छ । उनीहरुबाट सहयोग आउने क्रम पनि बढ्दै गएको मिश्रले बताए । उनले महायज्ञबाट यति नै धातु संकलन गर्ने भन्ने लक्ष्य नरहे पनि शिवको मुर्ति निर्माणको लागि ५० क्विन्टल अष्टधातु आवश्यक पर्ने जानकारी दिए । यसअघि दाङमा गरिएको महायज्ञमा साढे २ क्विन्टल धातु संकलन भएको उनले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका