Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक – Gaule Khabar

तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

तातोपानी नाका खुलाउन चिनियाँ पक्ष सकारात्मक

राम केसी,

चौतारा, पुस ७–

गत वर्षको भूकम्पदेखि बन्द तातोपानी नाका चाँडै खुलाउन चीन सरकारले प्राथमिकतामा दिएकाले सो बारेमा केन्द्रस्तरमा पहल गरिने चिनियाँँ पक्षले जनाएको छ ।

नेपाल र चीनबीच चौतारामा सम्पन्न सीमा सुरक्षा बैठकका क्रममा चिनियाँ पक्षले भूकम्पबाट तिब्बती क्षेत्रमा पनि सडकलगायत भौतिक सम्पत्तिको ठूलो क्षति भएकाले क्षतिग्रस्त सडक पुनःसञ्चालन भएपछि चाँडै नाका खोलिने जनाएको छ ।
त्यसैगरी चीनको न्यालम काउन्टी र सिन्धुपाल्चोकबीच भगिनी सम्बन्ध विकास गरिने चिनियाँँ पक्षको भनाइ रहेको प्रजिअ अन्तरबहादुर सिल्वालले राससलाई बताउनुभयो । बैठकमा सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक क्रियाकलाप रोकथाममा पहल गरिने र सिमा क्षेत्रमा आगलागी भएमा दुवै देशबाट रोक्न पहल गरिने समझदारी भएको छ ।

सिन्धपाल्चोकका प्रजिअ सिल्वालको नेतृत्वमा भएको सो बैठकमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, दोलखा जिल्लाका प्रजिअ यज्ञराज बोहरा तथा सुरक्षा निकायका प्रमुखलगायत जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । चिनियाँँ पक्षबाट न्यालम काउन्टीका पेङ लु वीको नेतृत्वमा विदेश विभाग, भन्सार, वाणिज्य तथा व्यापार, अध्यागमन कार्यालय, प्रहरीलगायतको सहभागिता थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका