चितवन, पुस ६–
माडी नगरपालिकाको आयोजनामा सकारात्मक सोंच अभिवृद्धि एवम् विकास ध्यान प्रशिक्षण शिविर जगतपुरमा सुरु भएको छ ।
स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलको प्रमुख आतिथ्यतामा संचालित कार्यक्रम माडी नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद सापकोटाको अध्यक्षतामा संचालन भएको थियो । ३ दिने शिविरमा ५३ जनाको सहभागिता छ । महिला नेतृ सविता बराल, दिपेन्द्र पौडेल, दिपेन्द्र पाठक लगायतले बोल्नुभएको थियो । कार्यक्रममा प्रशिक्षक यादव हुमागाईले प्रशिक्षण दिनुभएको छ ।