Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
निर्वाचन गर्नु नै अहिलेको राष्ट्रिय कार्यभार होः ः मन्त्री नायक – Gaule Khabar

निर्वाचन गर्नु नै अहिलेको राष्ट्रिय कार्यभार होः ः मन्त्री नायक

निर्वाचन गर्नु नै अहिलेको राष्ट्रिय कार्यभार होः ः मन्त्री नायक

भक्तपुर, पुस ६ –

कानुनमन्त्री अजयशङ्कर नायकले अहिलेको राजनीतिक समस्या निकासको अन्तिम विकल्प भनेको नै स्थानीयतहको निर्वाचन हो भन्नुभएको छ ।

रफतसञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले राष्ट्रवादको कुरा गर्ने र मधेसको माग सम्बोधन गर्ने दुबै पक्षको समस्याको निकास स्थानीय निकायको निर्वाचन मात्र भएको बताउनुभयो ।

मन्त्री नायकले ‘अहिले राष्ट्रको पहिलो आवश्यकता भनेको नै केन्द्र र प्रान्तको नभई स्थानीयतहको निर्वाचन हो’ भन्दै ‘सबैको मिलनविन्दु पनि स्थानीयतहको निर्वाचन नै भएकाले मधसी मोर्चा र एमालेले आ– आफ्नो हठ् त्यागेर निर्वाचनको वातावरण बनाउनमा लाग्नुपर्दछ बताउनुभयो ।’

वर्तमान समयमा एमालेले परम्परागत प्रतिपक्षको भूमिका भन्दा पनि राष्ट्रिय पार्टीको नेतृत्वको भूमिका र राष्ट्रको आवश्यकतालाई बुझ्ेर निकासको लागि अग्रसर बन्नुपर्नेमा जोड दिदै उहाँले प्रतिपक्षले बोलीमा एक र व्यवहारमा अर्कै रुप देखाएकै कारण निर्वाचन विधेयक संसद्मा रोकिएको छ भन्नुभयो ।

मन्त्री नायकले निर्वाचन विधेयक पास गरी तोकिएकै समयमा निर्वाचन गर्नु नै अहिलेको राष्ट्रिय कार्यभार हो भन्दै यसका लागि आवश्यक परे राष्ट्रिय सहमतिको सरकार निर्माण गरी निकास दिनुपर्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका