Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
प्रधानमन्त्री भन्छन् : माओवादी नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन – Gaule Khabar

प्रधानमन्त्री भन्छन् : माओवादी नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन

प्रधानमन्त्री भन्छन् : माओवादी नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन

काठमाडौं,पुस ६-

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी मात्र नभएर आन्दोलन पनि भएको बताएका छन्।  माओवादी केन्द्रले आयोजना गरेको सात नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने- ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो।

कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला। तर, युगान्तकारी परिवर्तनका मुद्धा कायम रहेसम्म माओवादी आन्दोलन कायमै रहन्छ। हामी नरहुौँला। तर, माओवादी अझै शक्तिशाली भएर रहन्छ। यो कुनै पार्टी मात्रै होइन, नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन पनि हो।’ प्रधानमन्त्री प्रचण्डले माओवादी एकता आजको आवश्यकता भएको उल्लेख गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। माओवादी एकतामा जोड दिँदै प्रचण्डले थपे- ‘आजको आवश्यकता माओवादी धाराको एकता नै हो। क्रान्ति र देशको हितका लागि माओवादी एक हुनुपर्छ।

‘ उनले माओवादी एकताका लागि आफूले सबै माओवादी धाराका नेताहरूसँग कुरा गरिरहेको बताए। उनले भने- ‘माओवादीलाई केन्द्रित गर्ने अभियानमा म लागेको छु। माओवादीको एकताबिना राष्ट्रिय एकता र परिवर्तनका एजेण्डा संस्थागत गर्न सकिँदैन। परिवर्तनका एजेण्डा कमजोर भए स्वाधिनता खतरामा पर्ने र आन्तरिक एकतामाथि नै चुनौति आउन सक्छ।’ राष्ट्रिय राजनीतिबारे चर्चा गर्दै प्रचण्डले भने- ‘सरकार संविधान कार्यान्वयनमा प्रतिवद्ध छ।

हिमाल, पहाड र तराईलाई एकअर्कामा लडाएर होइन, एकतावद्ध गरेर मात्र राष्ट्रिय एकता हासिल गर्न सकिन्छ। सरकार राष्ट्रिय एकता हासिल गरेर निर्वाचनमा जाने तयारीमा छ। संविधान संशोधन प्रस्ताव संविधान कार्यान्वयनका लागि जरुरी थियो। निर्वाचनको वातावरण नबनाई संविधानको कुरा गर्नु आदर्श त हुन सक्ला। तर, वास्तविक समाधान हुन सक्दैन।’ प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र रामबहादुर थापा ‘बादल’ले संगठनलाई व्यवस्थित बनाएर स्थानीय निर्वाचनको तयारी गर्न कार्यकर्तालाई आग्रह गरे। प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका नेता लेखराज भट्ट, कृषिमन्त्री गौरीशंकर चौधरी, नेताहरु खगराज भट्ट, जोखबहादुर महरा, लक्ष्मणदत्त जोशी लगायतको उपस्थिति थियो। प्रशिक्षणमा सात नम्वर प्रदेश अन्तर्गतका सबै जिल्लाका संयोजकहरुले जिल्लाको राजनीतिक र संगठनात्मक अवस्थाका बारेमा रिपोर्टिङ् गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका