Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राहत रकम वास्तविक भूकम्प प्रभावितले मात्र पाउनुपर्ने – Gaule Khabar

राहत रकम वास्तविक भूकम्प प्रभावितले मात्र पाउनुपर्ने

राहत रकम वास्तविक भूकम्प प्रभावितले मात्र पाउनुपर्ने

नवलपरासी, पुस ६ –

सरकारले भूकम्प प्रभावितलाई राहत स्वरुप उपलब्ध गराउने दोस्रो चरणको रकम पारदर्शी रुपमा प्रदान गर्ने उद्देश्यले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आज यहाँ सरोकारवालासँग छलफल गरेको छ ।

जिल्लामा करिब एक हजार परिवार पूर्ण भूकम्प प्रभावित रहेको तथ्याङ्क छन् ।

सो अबसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले सरकारले राहत स्वरुप उपलब्ध गराएको रकम वास्तविक भूकम्प प्रभावितले मात्र पाउनुपर्नेमा जोड दिदैं यसको पारदर्शी बितरणका लागि सहयोग गर्न सम्बन्धीत सबै पक्षसंग आग्रह गर्नुभयो ।

छलफलमा जिल्लास्थित विभिन्न राजनीतिक दल, सरकारी कार्यालय र विभिन्न सङ्घ संस्थाका प्रतिनिधी, सञ्चारकर्मी र नागरिक समाजका अगुवाको सहभागिता थियो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका