Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
लुकाइएका मानवअधिकार हननका घटनाक खोज्न सुझाव – Gaule Khabar

लुकाइएका मानवअधिकार हननका घटनाक खोज्न सुझाव

लुकाइएका मानवअधिकार हननका घटनाक खोज्न सुझाव

रोल्पा,पुस ५ –

सांसद अमरसिंह पुनले गाउँ गाउँमा लुकाइएका मानवअधिकार हननका घटना सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

इन्सेक रोल्पाले आज सदरमुकाम लिवाङमा गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०१७’ को पूर्वसमीक्षा कार्यक्रममा सांसद पुनले राजनीतिक पद र शक्तिका आडमा मानवाधिकार उलङ्घङ्नका घटना दबाइने गरेको बताउँदै जिल्लाका मानवाधिकार क्षेत्रमा काम गर्ने संस्था र सञ्चारमाध्यमलाई त्यस्ता घटना बाहिर ल्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि माधवकुमार ओलीले सन् २०१६ मा जिल्लामा भएका मानवअधिकार १४ उलङ्घनसम्बन्धी घटनाको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा उल्लिखित मानवाधिकार उल्लङ्घनका घटनामा बोक्सी आरोप, बालविवाह, शिशु हत्या, बालक हत्या, बलात्कार, पतिद्वारा हत्या दुई दुई तथा यौन दुव्र्यवहार र नागरिकता नबनाइदिएको एक घटना उल्लेख छ । प्रतिवेदनमा घरेलु हिंसाका २५ घटना समेत समावेश गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ रोल्पाका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीले गाउँ गाउँमा हुने मानवाधिकार उल्लङ्घनका घटनालाई समावेश गर्नुपर्ने सुझाव दिएका थिए । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका