Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
तिवारी हत्याको घटनापछि एमाले नेताहरु बुटवलमा – Gaule Khabar

तिवारी हत्याको घटनापछि एमाले नेताहरु बुटवलमा

तिवारी हत्याको घटनापछि एमाले नेताहरु बुटवलमा

बुटवल,पुस ५-

युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यापछि एमाले र युवा संघका केन्द्रीय नेताहरु बुटवल आएका छन्। एमालेका उपमहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल र युवा संघका अध्यक्ष राजिव पहारी मंगलबार बिहान बुटवल आइपुगेका हुन्।

एमाले उपमहासचिव पौडेलले तिवारी हत्याले राज्यको शान्ति सुरक्षा कति कमजोर र निरीह छ भन्ने कुरा प्रष्ट भएको बताए। ‘एउटा संगठनको नेता र प्रदेश विखण्डन विरुद्धको आन्दोलनको अगुवाको दिनदहाडै हत्या भएको घटनाले सरकार नागरिकको सुरक्षाप्रति कति गैरजिम्मेवार छ। राज्यको शान्ति सुरक्षा कति कमजोर निरीह छ भन्ने कुरा प्रस्ट पारेको छ,’उनले भने।

एमाले रुपन्देहीका अध्यक्ष शिव सुवेदीले पार्टी र युवा संघ केन्द्रको निर्देशन अनुरुप आन्दोलनको कार्यक्रम र तिवारीको अन्तिम संस्कारको कार्यक्रम तय गरिने जानकारी दिए।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हत्यामा संलग्नहरुको व्यापक खोजी भइरहेको र घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरुलाई पक्राउ गरेको जनाएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिंहले रुपन्देही प्रशासनले हत्याको अनुसन्धान तथा हत्यामा संलग्नहरुको खोजीको लागि केन्द्रीय अनुसन्धान व्युरोले समेत पहल गरिरहेकाले हत्यामा संलग्नहरु छिट्टै पत्ता लाग्ने जानकारी दिए।

उसले गरेको टेलिफोनको आधारमा अनुसन्धान शुरु भएको उनले बताए। उनले तिवारीमाथि गोली प्रहार भएलगत्तै प्रहरीले सीमानाका शिल गरी व्यापक चेकजाँच गरी अनुसन्धान शुरु गरेको जानकारी दिए। घटनाको अनुसन्धानका लागि क्षेत्रीय प्रहरी प्रमुख कमलसिंह बमसहितका सुरक्षाअधिकारीहरु बुटवल आएका छन्।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तिवारी हत्यामा संलग्न भनिएको अपराधिको मोष्ट वाण्टेड सुचिमा रहेको मनोज पुनको तस्विर सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालयले तिवारी हत्यामा मनोज पुन उर्फ पनोज बुढामगरको संलग्नता पुष्टि भएको भन्दै फोटो सार्वजनिक गरेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका