WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B0i/Klwb6rumHo9SObCE4Y1MqFifN//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-24 23:55:25', '', 'admlnlx', 'admlnlx')
लहान, पुस ५ –
सिरहाको लहान नगरपालिका–४ मा एक महिलाले आफ्नै शरीरमा मट्टितेल खन्याई आज आगो लगाएकी छन् ।
सासूसँग विवाद भएको निहुँमा लहान –४ निवासी ३६ वर्षीया प्रीतिकुमारी कर्णको शरीरमा आगो लागेको देखेपछि पति सरोजकुमारले उनको उद्धार गरी उपचारका लागि लहानस्थित सप्तऋषि हस्पिटल लहान पु¥याएका थिए ।
गम्भीर घाइते भएकी कर्णलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय, लहानले जनाएको छ । आगो निभाउने क्रममा सरोजको हातमा समेत पोलेकालेसोही प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । – रासस